बैजनाथ

१.३ कानूनी तथा नीतिगत आधारहरू

१.३ कानूनी तथा नीतिगत आधारहरू

पृष्ठभूमिमा उल्लेख भए जस्तै गाउँपालिकाको वस्तुगत विवरण तयारीका निम्न आधारहरू रहेका छन् ।

(क) वैधानिक आधार

नेपालको संविधानको अनुसूची ८ र ९ लाई व्याख्या गर्न बनेको स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तथ्याङ्कहरूको अभिलेख तयार गरी अद्यावधिक गर्ने अधिकार र जिम्मेवारी स्थानीय तहलाई नै प्रदान गरेकोले गाउँपालिकालाई पार्श्वचित्र तयार पार्ने आधार बनेको छ ।

(ख) नीतिगत आधारहरू

नीतिगत आधारहरू अन्तगर्त नेपाल सरकारले तयार पारेको समग्र योजनाहरू, नीतिहरू, प्रादेशिक नीतिहरू र यी नीतिहरूका आधारमा तयार भएका स्थानीय तहका नीतिहरूलाई कार्यान्वयन गर्न आधारभूत रुपमा आवश्यक तथ्याङ्कहरूको अनिवार्यता हुने भएकाले गाउँपालिकाको समग्र सूचनाहरू तयार पानुर्पर्ने नीतिगत आवश्यकता रहेको र सूचना व्यवस्थापनको नीतिगत व्यवस्था समेत रहेकाले सोका आधारमा यो वस्तुगत विवरण तयार पारिएको हो ।

(ग) स्थानीय आवश्यकता

स्थानीय सरकार सञ्चालन गर्न तथा स्थानीय आवश्यकताहरूको पहिचान गर्न वस्तुगत सूचनाहरूको आवश्यकता पर्दछ । स्थानीय आवश्यकताहरूको पहिचान पश्चात् विकास निर्माण नीति, योजना तथा कार्यक्रमहरू तय गर्न सकिन्छ । तसर्थ समग्र विकास प्रक्रियालाई अगाडि बढाउँदै स्थानीय सरकार सञ्चालन गर्न आवश्यक सूचना तथा तथ्याङ्कहरूको संगालोको टड्कारो आवश्यक रहने हुँदा यो नै वस्तुगत विवरण तयारीको अर्को महत्वपूर्ण आधार हो ।

यी बाहेक नेपालले पक्षराष्ट्र भई हस्ताक्षर गरेका अन्तराष्ट्रिय सन्धी तथा सम्झौताहरूलाई कार्यान्वयन गर्न समेत वस्तुगत सूचनाहरूको आवश्यकता पर्दछ । दिगो विकास लक्ष्य हासिल गर्न जलवायु परिवर्तन असरहरू न्यूनीकरण गर्न, मानवअधिकारको सुनिश्चितता गर्न, पर्यावरणीय सन्तुलन कायम गरी दिगो विकास गर्न तथ्यपरक सूचनाहरूको आवश्यकता पर्ने भएकाले यी आवश्यकताका आधारमा यो विवरण तयार पारिएको हो ।