बैजनाथ

४.३.१ सार्वजनिक पोखरी तथा माछापालन सम्बन्धी विवरण

४.३ कृषि तथा पशु विकास

२४१.५
पोखरीको नाम

आज उच्चतम विकास हासिल गरेका औद्योगिक राष्ट्रहरूको विकासको मेरुदण्ड कृषि नै रहेको इतिहासले देखाउँछ । यूरोप, अमेरिका तथा एसियाली महाशक्तिशाली राष्ट्रहरूको सम्पन्नताको आधारशिला समेत कृषि क्रान्तिमा आधारित भएको पाइन्छ । तसर्थ तत्कालका लागि कृषि बाहेकका अन्य विकल्पहरू न्यून रहेको र कृषिमा पर्याप्त सम्भावना रहेको हाम्रो देशमा विकासका अन्य महत्वाकांक्षी योजना कार्यान्वयन गर्नुपूर्व खाद्यान्न, फलफूल, तरकारीका साथै समग्र कृषि उपजहरूमा आत्मनिर्भर बनी निर्यात समेत वृद्धि गर्न कृषि क्षेत्रमा क्रान्ति नै गर्नुपर्ने पहिलो अनिवार्य आवश्यकता रहेको छ । उच्च प्रविधिहरू विकास भईसकेको आजको युगमा समेत हाम्रो निर्वाहमूखी परम्परागत खेती प्रणालीमा सिमित रहि रहनु एक प्रकारको विडम्बना नै हो । तसर्थ स्थानीय सरकारले सम्भाव्यता अध्ययन गरी व्यवसायिक र वैज्ञानिक कृषिका लागि आवश्यक सम्पूर्ण कृषि पूर्वाधारहरूको विकास मार्फत् कृषि उत्पादन र विकासमा क्रान्ति गर्नुपर्ने आवश्यकता रहेको छ ।

४.३.१ सार्वजनिक पोखरी तथा माछापालन सम्बन्धी विवरण

यस गाउँपालिकाका केही परिवारहरू माछापालन व्यवसायमा संलग्न रहेका छन् । पालिकामा जम्मा ८ पोखरी मध्ये २ वटा कुल क्षेत्रफल २४१.५ वर्ग मिटर पोखरीमा माछापालन गरिएका छन् । सार्वजनिक पोखरी तथा माछापोखरी सम्बन्धी विवरण तलको तालिकामा समावेश गरिएको छ ।

तालिका नं. ३१ – सार्वजनिक पोखरी तथा माछापालन सम्बन्धी विवरण

क्र.सं.पोखरीको नामवडा नंपोखरीको क्षेत्रफल (कट्ठा)
१.नाग पोखरीवडा नं. ४
२.गिद्धेनी तालवडा नं. ४१४०
३.सिम्रहवा तालवडा नं. ५८०
४.गैरी पोखरीवडा नं. ५
५.सिंहभवानी पोखरीवडा नं. ५
६.शिरगैरा पोखरीवडा नं. ५
७.सिमगैरा पोखरीवडा नं. ५२.५
८.भगवती मन्दिर पोखरीवडा नं. ८
जम्मा२४१.५
स्रोतः गाउँ कार्यपालिकाको कार्यालय
चित्रण

४.३.२ सिँचाई सुविधाको उपलब्धता सम्बन्धी विवरण

जमिन खेतीयोग्य भएर मात्र हुँदैन त्यसमा सिँचाईको सुविधा अनिवार्य पुगेको हुनपर्दछ । खेतीयोग्य जमिनमा खेतीपाती गरी पूर्ण सदुपयोग गर्न त्यसमा सिँचाईको सुविधा प्रुयाउनु अनिवार्य हुन्छ । तसर्थ स्थानीय तहहरूले आफ्नो क्षेत्रमा रहेको खेतीयोग्य जमिनको यथार्थ विवरण तयार पारी त्यसमध्ये सिँचाई पुगेको र नपुगेको जमिनको समेत सही तथ्याङ्क अध्यावधिक गर्नुपर्दछ । यसपश्चात सिँचाई नपुगेको जमिनमा एक वा अर्को प्रकारले सिँचाई प्रुयाउन प्राथमिकता केन्द्रीत गर्नु आवश्यक हुन्छ । गाउँपालिकाबाट प्राप्त पछिल्लो तथ्याङ्क अनुसार वडा नं. २ मा मानखोला कुलो तथा वडा नं. ५, ६, ७ र ८ मा सिक्टा िसँचाई आयोजना मार्फत खेतीयोग्य जमिनमा सिचाँईको व्यवस्था गरिएको छ । गाउँपालिकामा ३४ वटा कुलो तथा नहरबाट २,२८८ हेक्टर जमिनमा सुविधा रहेको छ जस मध्ये बाह्रै महिना सञ्चालन हुने सिंचाई पुर्वाधार १९ वटा रहेका छन । यस पालिकामा वडा नं २ मा सबैभन्दा अधिक १२ वटा र सबैभन्दा न्यून वडा नं ३, ७, ८ मा २/२ वटा सिँचाइ योजनाहरु रहेका छन । जसको वडागत रुपमा विस्तृत विवरण तलको तालिकामा प्रस्तुत गरिएको छ ।

तालिका नं. ३२ – सिँचाइ सुविधाको उपलब्धता सम्बन्धी वडागत विवरण

वडा नं.सिंचित क्षेत्रफल (हेक्टर)सिँचाईको किसिमसिंचाईको माध्यमसिंचित क्षेत्रफल (हेक्टर)
बिरेन्द्र जल उपभोक्ता समितिबोरिङ्गकुलो, पाइप३२
शिव जल उपभोक्ता समितिबोरिङ्गकुलो, पाइप७२.५
हरियाली जल उपभोक्ता समितिबोरिङ्गकुलो, पाइप२६
रारा जल उपभोक्ता समूहबोरिङ्गकुलो२३.८
मान खोला सिँचाईबोरिङ्गकुलो, पाइप३०४
लिफ्ट सिँचाई मकैबारीबोरिङ्गकुलो, पाइप४०
लिफ्ट सिँचाई पितमारीबोरिङ्गकुलो, पाइप१७
बोरिङ्ग सिँचाई राजीपुरबोरिङ्गकुलो१०
बोरिङ्ग सिँचाई जब्दहवाबोरिङ्गकुलो२.७
बोरिङ्ग सिँचाई पहाडीपुरबोरिङ्गकुलो१६
बोरिङ्ग सिँचाई पितमारी (माथिल्लो)बोरिङ्गकुलो१६
बोरिङ्ग सिँचाई मकैबारीबोरिङ्गकुलो१४
बोरिङ्ग सिँचाइ कन्याराजबोरिङ्गकुलो
बोरिङ्ग सिँचाइ कलरामपुरबोरिङ्गकुलो१६
बोरिङ्ग सिँचाइ भौरीकुनाबोरिङ्गकुलो१०
बोरिङ्ग सिँचाइ पितमारीबोरिङ्गकुलो३३
जेठी नाला सिँचाईसतहपाइप४०
दान्द्रा नाला सिँचाईसतहपाइप४८
ईट्टा नाला सिँचाईसतहकुलो१०२
जेठी नाला सिँचाईबोरिङ्गपाइप३४
कल्याण जल उपभोक्ता समितिबोरिङ्गकुलो८१
जनचेतनामुलक जल उपभोक्ता स.बोरिङ्गपाइप४०
सिक्टा सिंचाई आयोजनानहरकुलो१७
शक्ति डिप बोरिङ्ग छमनियाबोरिङ्गपाइप
झग्रहवा बाँध सिँचाईबाँधकुलो१५
जेठी नाला सिँचाईसतहपाइप८५
कान्छी नाला सिँचाईसतहपाइप३७
जेठी नाला सिँचाईसतहपाइप८५
मानखोला सिँचाईसतहपाइप२०
बुके नाला सिँचाईसतहपाइप१०
बुढी नाला सिँचाईसतहपाइप३४०
दुन्द्रा नाला सिँचाईसतहपाइप१३६
जेठी नाला सिँचाईसतहपाइप२४४
मानखोला सिँचाईसतहपाइप३०६
जम्मा२२८८
स्रोतः गाउँकार्यपालिकाको कार्यालय
चित्रण

४.३.३ खाद्यान्न बालीमा लाग्ने रोग तथा किरा

कृषि बालीबाट अपेक्षित उत्पादन लिनका लागि बालीनालीको उचित स्याहार सम्भार आवश्यक छ । विशेषत बालीनालीलाई रोग तथा किराले आक्रमण गर्ने हुँदा रोग तथा किराबाट बच्न समयमै उच्च सतर्कता अपनाउने र रोकथाम बारे जानकारी हासिल गर्नु अति आवश्यक छ । अर्कोतर्फ बालीनालीमा लाग्ने र लाग्न सक्ने रोग तथा किराको सही ढङ्गले पहिचान हुन समेत जरुरी छ । रोग तथा किराको सही पहिचान हुन सके समयमै त्यसको रोकथाम हुन गई उत्पादनलाई सुरक्षित तथा वृद्धि गर्न सकिन्छ ।

तालिका नं. ३३ – खाद्यान्न बालीमा लाग्ने रोगको विवरण

क्र.सं.बालीप्रमुख शत्रु जीवप्रमुख रोग
धानफड्के, फट्याङ्ग्रा गवारो, हिस्पामरुवा, डढुवा, खैरे रोग
गहुँकीटकिटे, धमिरा, लाहिकालो पोके, पहेलो सिन्दुरे, खैरो सिन्दुरे, डढुवा, गन्हाउने कालो पोके आदि ।
मकैअमेरिकी फौजी कीरा, खुर्मे किरा, गवारो, फेदकटुवा आदि ।ध्वाँसे थोप्ले रोग, उत्तरी पाते डढुवा, दक्षिणी पाते डढुवा, डाँठ कुहिने रोग आदि ।
तोरीकरौते झिङ्गा, लाहिकरौते झिङ्गा, लाहि आदि
आलुफेदकटुवा, आलुको पुतली, रातो कमिला, लाहि आदिफेदकटुवा, आलुको पुतली, रातो कमिला, लाहि आदि ।
स्रोतः गाउँ कार्यपालिकाको कार्यालय

४.३.४ तरकारी तथा फलफूलमा लाग्ने रोग तथा किरा

तालिका नं. ३४ – तरकारी तथा फलफूलमा लाग्ने रोग तथा किरा

क्र.सं.बालीप्रमुख रोगप्रमुख शत्रु जीव
१.गोलभेडाटुटायप्सूलुटा, सेतो झिंगा, लाही, फलको गवारो, पतेरो आदि ।उडुवा—अगौटे, पछौटे आईलाउने, ममाजाईक आदि ।
२.काउली, बन्दाडाईमण्ड ब्याक मोथ, टोवाको क्याटरपिलर, लाही, उफ्रने फडके आदि ।सफ्टरट, ब्लाक रट, अल्टरवेरिया, क्लव रुट डेम्पीङ अफ आदि ।
३.आलूडढुवा, मोजाइफ खैरो पिप, फेदकटुवा, लाही, चक्के आदि ।आलुको पुतली, रातो कमिला, पात खाने लाभ्रे आदि ।
४.रायोडाईमण्ड ब्याक मोथ, टोवाको क्याटरपिलर, लाही, उपm्रने फडके आदि ।सफ्टरट , ब्लाक रट, अल्टरवेरिया, क्लव रुट डेम्पीङ अफ आदि ।
५।कागतीपतेरो, लाही, फ्रूट फ्लाई, स्केल लिफ, जरा कुहिने रोग, फेद कुहिने, खराने/धुले, भाईनर, pink disease, anthracnose, दादे रोग (citrus scab), गुद निस्किने रोग (Gummosis), कालो ध्वाँसे (sooty mould), Canker, Citrus greening, (Citrus tristeza virus CTV) लेमन डग आदि ।क्याकर, फूट रट, रुटरघ, हरियो पतेरा, फल कुहाउने झिंगा (fruit fly), स्वीटीमोल्ड, citrus psylla, Leaf miner, Red spider mite, blue bettle, stem & trunk borer, लाही, थ्रिप्स, निमाटोड, Lemon butterfly किरा आदि ।
स्रोतः गाउँ कार्यपालिकाको कार्यालय

४.३.५ पशुपंक्षीमा लाग्ने रोग तथा किरा

कृषकहरूको मुख्य आम्दानीको स्रोतको रूपमा रहेको पशुपंक्षीहरूको पालन यस गाउँपालिकाको प्रमुख पेशा मध्ये एक हो । गाउँपालिकामा देखिने पशु रोगहरूमा रेबिज, खोरेत, पिपिआर, स्वाइन फिवर, भ्यागुते, चरचरे, नाम्ले, माटे, थुनेलो, प्रजनन् सम्बन्धी र जुका पर्दछन् । गाउँपालिकाको वन जंगलसँग जोडिएका वडाहरूमा एन्टी रेजिव खोप लगाउनुपर्ने देखिन्छ भने खोरेत, पिपिआर, स्वाइन फिवर जस्ता अत्यन्त संक्रामक रोगको प्रकोप पनि यस गाउँपालिकामा यदाकदा देखिने गरेको छ । यसका कारणहरूलाई हेर्दा पशुको अवैध आवतजावत, दयनीय व्यवस्थापन, खोप लगाउनुपर्छ भन्ने चेतनाको कमी आदि मान्न सकिन्छ । यी रोगको नियन्त्रणका लागि गाउँपालिकाबाट निरन्तर प्रयास भैरहेको देखिन्छ ।

जिवाणुबाट हुने रोगहरू मध्ये भ्यागुत्ते, चरचरे विरूद्ध यस गाउँपालिकाका किसानहरूले खोप लगाउने गरेको पाइन्छ । तापनि यी रोगहरू फाटफुट रूपमा देखिने गरेका छन् । गाउँपालिकामा स्वाइन फिवर, खोरेत, रेविज विरुद्धको खोपकार्य विभिन्न वडाहरूमा सञ्चालन गर्न सकेमा धेरै हदसम्म रोग नियन्त्रण गर्न सफल हुने देखिन्छ । सामान्यतया पशुपंक्षीमा ठूलो माहामारी फैलिएको पाइँदैन् । तथापि यहाँका पशुपंक्षीहरूमा खोरेत, भ्यागुते, चरचरे, नाम्लेजुका, रेवीज जस्ता रोगहरू र पंक्षीहरूमा मुलत रानीखेत, गम्बोरा, सिआरडी र बर्डफ्लू मुख्य रूपमा लाग्ने गरेको पाइन्छ । पशुपन्छीमा लाग्ने रोगको विवरणलाई तलको तालिकामा प्रस्तुत गरिएको छ ।

तालिका नं. ३५ – पशुपन्छीमा लाग्ने रोगको विवरण

क्र.सं.पशुपन्छी जन्य उत्पादनप्रमुख रोग
पशुभ्यागुते, चरचरे, खोरेत, एन्थ्रेक्स, पी.पी.आर, एन यूरिया, इर्माटाइटिस, डायरिया, पाइरेक्ससिया, एनोरेक्सिस, एल एफ, राउन्डओम, टेपओम, महोस्ट, टिक्स, लाइस, सर्भिसाइटिस, भेट्राइटिस, पायोमेट्रा, स्वाइन फिवर, खोरेत, रेविज, नाम्ले, माटे, जुका, छेरौटे, साउने ज्वरो, जुम्म्रा, उपियाँ, किर्ना, लुतो, थुनेलो
पंक्षीक्सीडिपेसिस, कोराइजा गम्बारो, सि आर डी, सल्मोनेलासिस, रानिखेत, फबल पक्स, हवाइडाइरिया, मेरेक्स, जुका, गम्बोरो, रानी खेत
स्रोतः गाउँ कायर्पालिकाको कार्यालय

४.३.६ व्यवसायिक कृषि तथा पशुपालन फर्महरूको विवरण

नेपालका अधिकांश क्षेत्रमा निर्वाहमूखी, परम्परागत र असंगठित खेती गर्ने प्रणाली विद्यमान छ । कृषि व्यवसायलाई सम्मानित, प्रतिफलमूखी र वैज्ञानिक बनाउन यसलाई संगठित र संस्थागत ढङ्गले विकास गर्न जरुरी छ । हाल देशका विभिन्न स्थानहरूमा व्यवसायिक कृषि फर्महरू दर्ता भई संगठित र संस्थागत हिसाबले खेतीपाती गर्ने अभ्यासको सुरुवात भएको छ । यसरी वैज्ञानिक हिसाबले फर्म दर्ता गरी कृषि व्यवसाय सञ्चालन गर्दा राज्यद्वारा दिइने अनुदान र प्रविधिहरू सहयोग प्रदान गर्न समेत सहयोग पुग्दछ । यसले कृषि व्यवसायलाई संगठित र व्यवसायिक बनाउन पनि मद्दत प्रुयाउँछ ।

तालिका नं. ३६ – व्यवसायिक कृषि तथा पशुपालन फर्महरूको विवरण

वडा नम्बरकृषक समूहपशुपालन समूहव्यवसायिक कृषि फार्मकृषि सहकारीएग्रोभेट तथा विउविजन केन्द्र संख्याकोल्ड स्टोर संख्या
समूह संख्यासदस्यसमूह संख्यासदस्यफार्म संख्यासदस्यसहकारी संख्यासदस्य
पुपुपुपु
६०२८१७४०५२३९३६५२
१३२०४६५२१५०११२९८४०५
१०४५५१६४००२०३१४०
१९३७१८०१७४३७३७६०४७
२७४६८११०१२३००१४१८१७४२२३५२
१७२८०५३१११३१०३४७११५८१
१५२४३३५१२२४२५२३९२३६
२१२६३१९०१३०२२२४
जम्मा१२४१९९३६१६८३२०४३३७४९७९७९३१९३८८३६३७३३
स्रोतः कार्यपालिकाको कार्यालय
चित्रण

४.३.७ कृषि तथा पशुसेवासँग सम्बन्धित मानव संसाधन

तालिका नं. ३७ – कृषिसँग सम्बन्धित जनशक्तिको विवरण

क्र.सं.कर्मचारीको नामपदसम्पर्क नं.शाखाकैफियत
१.प्रमोद कुमार विश्वकर्माकृषि शाखा प्रमुख९८४१३५२१२३कृषिशाखा
२.बिष्णुमाया मल्लकृषि अधिकृत९८४४८९१४३५कृषिशाखा
३.लक्ष्मी कुमारी रेग्मीप्रा.स.९८४४८१९२८४कृषिशाखा
४.मोतीराम चौधरीना.प्रा.स.९८४८३४३३७०कृषिशाखा
५.रामचन्द्र बानियाना.प्रा.स.९८६२२५०५५५कृषिशाखा
६.अन्जु सिंहना.प्रा.स.९८४२३२७८०४कृषिशाखा
७.सचिन मेघनाथना.प्रा.स.९८५८०७३८५२कृषिशाखा
स्रोतः गाउँकार्यपालिकाको कार्यालय
चित्रण

तालिका नं. ३८ – पशु सेवासँग सम्बन्धित जनशक्तिको विवरण

क्र.सं.कर्मचारीको नामपदसम्पर्क न.शाखाकैफियत
१.बाल किसुन थारुस प.वि.९८४४८२६९६६पशु सेवा शाखा
२.विराज सुनारसा.प.स्व.प्रा९७६५६९००२९पशु सेवा शाखा
३.चुणामणी वली (करार)ना.पा.स्व.प्रा९८६८००८३६०पशु सेवा शाखा
४.हिरा सिङ वली (करार)ना.पा.स्व.प्रा९८४८१४७९६९पशु सेवा शाखा
५.विनोद थापा (करार)ना.पा.स्व.प्रा९८४२३०९१०५पशु सेवा शाखा
६.पशुपती बंशी (करार)ना.पा.स्व.प्रा९७६२६७१८५०पशु सेवा शाखा
७.फुलमती थारु (करार)ना.पा.स्व.प्रा.९८४८१३१७९९पशु सेवा शाखा
स्रोतः गाउँकार्यपालिकाको कायार्लय
चित्रण

४.३.८ संकलन केन्द्र तथा चिस्यान केन्द्र

ठुलोस्तरको कृषि उत्पादन तथा संकलन केन्द्रको व्यवस्था नभएको परिवेशमा सानो परिमाणमा उत्पादन हुने उपजहरूलाई विभिन्न पायक पर्ने स्थानहरूमा संकलन केन्द्रको रुपमा विकास गर्दा बजारीकरण गर्न सहयोग पुग्दछ । यसरी विभिन्न स्थानमा संकलन केन्द्रको विकास गर्दा व्यापारीहरूलाई निश्चित स्थानबाट निश्चित परिमाणमा उपजहरूमा खरिद गर्न सहयोग पुग्ने हुँदा यसले बजार प्रणालीको विकास गर्न सहयोग पुग्दछ । कृषि उत्पादन वृद्धि गर्नु जति जरुरी छ त्यति नै उत्पादित सामाग्रीहरूको सूरक्षित भण्डारण गर्नु जरुरी हुन्छ । उचित ढङ्गले भण्डारण गर्दा कृषि उपजमा रहेको पोषक तत्वलाई कायम राख्न समेत मद्दत पुग्दछ । भण्डारण वैज्ञानिक नहुँदा एकातर्फ उत्पादित उपजको गुणस्तर कमजोर हुने र नष्ट समेत हुन जान्छ । तसर्थ कृषि उपजलाई वैज्ञानिक तवरले भण्डारण गरी बेमौसममा समेत बजारमा उपलब्धता भए बजार मूल्य सन्तुलनमा राख्न सहयोग पुग्दछ । यसका लागि आवश्यकताका आधारमा विभिन्न स्थानमा चिस्यान केन्द्र, भण्डारण केन्द्र र डेरीहरू स्थापना गर्नु आवश्यक छ । हाल यस गाउँपालिकामा व्यापारीहरूले निजी रूपमा सामान्य तथा परम्परागत भण्डारणको व्यवस्था गरी खाद्यान्न व्यापार गर्ने गरेका छन् ।