बैजनाथ

७.३.१ रेडियो स्टेशन सम्बन्धी विवरण

७.३ सञ्चार तथा प्रविधि

२९२
कुनै पनि सुविधा नभएको
१६१७७
कम्तीमा एउटा सुविधा भएको
५६२०
रेडियो सुविधा
८५५८
टेलिभिजन

एक्काईसौं शताब्दीको भूमण्डलीकृत समाज सूचना र सञ्चारको युगमा छ । सूचना र सञ्चारको क्षेत्रमा आएको क्रान्तिलाई नेपालको शहरी क्षेत्रले लगभग आत्मसाथ गरिसकेको भएतापनि ग्रामिण क्षेत्रमा टेलिभिजन, पत्रपत्रिका, ईन्टरनेट, टेलिफोन, मोबाइल र कुरियर सेवा विस्तार हुन बाँकी छ । सञ्चार र प्रविधिका यी माध्यमहरूको पूर्ण रूपले विकास गरी ग्रामिण जनतालाई सूचना र सञ्चारको दुनियाँमा प्रवेश गराउनु चुनौतीपूर्ण रहेको छ । नेपालको संविधानले जनताको सूचनाको हकलाई मौलिक हकको रुपमा परिभाषित गरेको छ । बैजनाथ गाउँपालिकामा उपलब्ध भएका सञ्चार तथा प्रविधिको विवरण निम्न प्रकार रहेका छन् । यहाँ NCELL र NTC मार्फत सञ्चारका माध्यमहरु सञ्चालित छन् साथै विभिन्न इन्टरनेट कम्पनीमार्फत इन्टरनेट सेवा विस्तार भएको छ । हाल गाउँपालिकामा रहेका सञ्चार, प्रविधि सम्वन्धी विवरण तालिकामा समावेश गरिएको छ ।

क्र.सं.सञ्चारको नामठेगाना
नेपाल टेलिकम टावर (७)वडा नं.– १, ३, ५, ६, ७, ८
एनसेल टावर (८)वडा नं.– १, ३, ४, ५, ६, ७, ८
बैजनाथ राष्ट्रिय दैनिक (अनलाइन पत्रिका)वडा नं.– ६
हुलाक कार्यालय (४)वडा नं.– १, ३, ५

स्रोतः गाउँ कार्यपालिकाको कार्यालय

७.३.१ रेडियो स्टेशन सम्बन्धी विवरण

यस गाउँपालिका भित्र फेमस एफ. एम. रेडियो स्टेशन ९४.३ मेहाहर्ज वैजनाथ ७ पेडारीमा संचालनमा रहेकाे छ ।

७.३.२ आधुनिक सुविधामा पहुँच सम्बन्धी विवरण

तालिका नं. ७३ – परिवारमा भएको साधन तथा सुविधाको विवरण (बहुउत्तरमा आधारित)

वडा नं.कुनै पनि सुविधा नभएकोकम्तीमा एउटा सुविधा भएकोरेडियो सुविधाटेलिभिजनल्याण्डलाइन टेलिफोनमोबाइल फोन (साधारण)स्मार्ट मोबाइल फोनकम्प्युटर/ ल्यापटपइन्टरनेट सुविधाकार/जीप/ भ्यानमोटरसाइकल/ स्कुटरसाइकलविद्युतीय पंखारेफ्रिजरेटरवासिङ मेशिनएयर कन्डिसनर
२३२००८८४३११६४२११४५८१६१५१६०४९९२७४१७९७११८४५४७२
४५२२२७१०४११०५१४५५१६५८७०३४२३९०१४९१२००८४७२
४३२०५८१३८९८२१४८६१५६२९८६४८३२२१४१०१८८९२९९
३८२१०३३४०१२३६९२१७५९१७४३२०६१३२८२४४३३१५४४१९३३६१०
३५२४३४१४७२१२२५२०१६९५१९१३१५८१६१५२३४९२१८६०२११५४२३
२५२२९२११३८१२९१२३१६००१९२४१३७१५१३२६५१११८५७२१२२४५२
२३७२२३४४४०५५४१५६७२४४७९१८१६५४६६०१२७
६०२३३३१२४१११५०१५१८१११६७८१३८१०३४१३४३६२०२१२०९९३४३
जम्मा२९२१६१७७५६२०८५५८१८४११८०५१२६६०९९१७४५८१३०३१८२११८०८१४६७१३१९८२४२४
स्रोतः राष्ट्रिय जनगणना, २०७८
चित्रण

साधन तथा सेवा सुविधाको आधारमा गाउँपालिकामा कम्तिमा एउटा सुविधा भएको घरपरिवारको संख्या १६,१७७ रहेको देखिन्छ । गाउँपालिकाका कुल घरपरिवारहरू मध्ये उच्च विद्युतीय पंखा भएको घरपरिवार संख्या १४,६७१, दोस्रोमा मोबाइल फोन (स्मार्ट) भएको घरपरिवार संख्या १२,६६० देखिन्छ । यसैगरी साधारण मोबाइल हुने परिवारको संख्या ११,८०५ रहेको छ । रेडियो सुविधा भएको परिवारको संख्या ५,६२० रहेको छ भने यसैगरी टेलिभिजन हुने परिवारको संख्या ८,५५८ रहेको छ ।

समग्रमा तथ्याङ्कलाई हेर्दा सञ्चार क्षेत्रको प्रमुख मोबाइल सेवामा वृद्धि हुँदै गएको देखिन्छ भने इन्टरनेट सेवा भने विस्तार हुने क्रममा देखिएको छ । मोबाइल प्रयोगकर्ताले सबै खाले सञ्चारका सुविधा जस्तै श्रव्य, दृष्य, सूचना, गीत तथा खबर आदान प्रदान लगायतका धेरै काम गर्न सहज हुने भएकाले मोबाइलको तुलनामा टेलिभिजन तथा रेडियोका प्रयोगकर्ता घटिरहेको देखिन्छ । भौगोलिक अवस्थाका हिसाबले पूर्ण रुपमा तराई क्षेत्र र समथर भू–भाग भएकाले यस गाउँपालिकामा कार/जीप, एयर कन्डिसनर, हिटर वा ग्याँस गिजर जस्ता उच्च सुविधाका सामग्रीहरू प्रयोग गर्नेको संख्या बढ्ने क्रममा रहेको देखिन्छ । वडागत रुपमा विस्तृत विवरण तालिकामा प्रस्तुत गरिएको छ ।