३.१.२ घरपरिवारको विवरण
३.१ मुख्य बस्ती र घरपरिवारको विवरण
३.१.१ मुख्य बस्ती
बैजनाथ गाउँपालिका तराई क्षेत्रमा रहेकाले यहाँको हावापानी गर्मी महिनामा धेरै गर्मी र जाडो महिनामा अति नै चिसो हुने भएपनि यहाँको उर्वर माटो र समथर भूमिका कारण बसोबासका लागि उपयुक्त मानिएको छ । अस्पताल, उद्योग, टेलिफोन, विद्यालयको पहुँचका साथै यातायातको सुविधा लगायतका सेवा, सुविधा तथा अवसरको उपलब्धताका कारण गाउँपालिका निकट रहेका जिल्लाहरु र पहाडी जिल्लाहरुबाट समेत बैजनाथमा बसाइँसराई गरी आउने गरेको पाइन्छ । सोही अनुरुप गाउँपालिकाको बस्ती क्षेत्र, बजार क्षेत्रमा जनसंख्याको चाप बढ्ने क्रम देखिन्छ । यसका साथै विभिन्न स्थानहरूमा गाउँपालिकाहरूले आफ्नो आन्तरिक यातायात मार्गहरू बनाई सार्वजनिक क्षेत्रहरूमा बजार व्यवस्थापन गर्ने कार्यका साथै व्यापारिक केन्द्रको रुपमा क्रमिक विकास भइरहेको छ ।
यहाँको आवास क्षेत्रहरूको व्यवस्थित तवरले विकास गर्न प्रत्येक बस्तीमा आवत जावत गर्न मोटर बाटो, खुल्ला क्षेत्रका प्रावधान, चारपाटे आकार मिलेका घडेरीहरू लगायत भौतिक तथा पूर्वाधारको निर्माण सहितको व्यवस्थित बस्तीको विकास गर्न जग्गा एकीकरण वा सेवा सुविधा जस्ता कार्यक्रमहरू संचालन गर्नुपर्दछ । यसरी जग्गा विकास कार्यक्रम संचालन गर्दा शहरी विस्तार क्षेत्र प्रस्तावना गरिएका क्षेत्रहरूलाई टेवा प्रुयाउने हिसाबले प्राथमिकता दिनु पर्दछ । हाल यहाँ रहेका मुख्य बस्तीहरुको विवरण तलको तालिकामा समावेश गरिएको छ ।
तालिका नं. ३ – गाउँपालिकाका मुख्य बस्तीको विवरण
| वडा नं. | मुख्य बस्तीहरूको विवरण |
|---|---|
| १ | चिसापानी, च्याँमा, मुलाटाटी, गाभर |
| २ | मकैबारी, माथिल्लो पितमारी, पहाडीपुर, जव्दहवा, कन्याराज, राजीपुर, रामपुर, कलरामपुर, गुनापुर, दक्षिण लधौरा, डिघिया, हात्तीमुण्डा, भौरीकुना, पितमारी |
| ३ | सुतैया, गाभर, बनखेल, उत्तर लधौरा, नौवस्ता, दाङपुरुवा, बैरहवा, मदनिया |
| ४ | बानियाभार, नौलापुर, तिलकपुर, गौरीडाँडा, सिमलधारी, बोरिङ्गबस्ती, जनमतटोल |
| ५ | जी गाउँ, बनकटवा, गुरुवा गाउँ, मचरा, बनकट्टी, छमनिया, सिंहभवानी, भज्यागौडी |
| ६ | सम्झना, एच गाउँ, गडरही, अठाईस घर, लालपुर |
| ७ | पेडारी, कडेलपुर, पलौटीपुर, परशुराम, ठाकुरपुर, ललहीपुर, प्रभातपुर, कुकुरपुर, पर्सेनीपुर, रामपुर |
| ८ | चाँदनी चोक, हसनापुर, चौफेरी, थपुवा, फत्तेनगर, रिहारपुर, शक्तिनगर, टिटिहिरीया, बर्गदही, गुरुदयालपुर, झिंगौरा, करेलीभग्रा, पिपरी, राइटरपुर, निरहवा, अमहवा, लुन्द्री |
३.१.२ घरपरिवारको विवरण
तालिका नं. ४ – वडागत क्षेत्रफल, जनसंख्या तथा घरधुरी विवरण
| वडा | घरधुरी | २०६८ को जनसंख्या | २०७८ को जम्मा जनसंख्या | जनसंख्या वृद्धिदर | क्षेत्रफल (वर्ग कि.मि.) | जनघनत्व | औषत परिवार आकार | लैङ्गिक अनुपात | ||
|---|---|---|---|---|---|---|---|---|---|---|
| पुरूष | महिला | जम्मा | ||||||||
| १ | २०३१ | ६७८९ | ४१९८ | ४८१० | ९००८ | ३.२७ | ३८.६९ | २३२.८३ | ४.४ | ८७.२८ |
| २ | २२७२ | ७११७ | ४०५९ | ५०८१ | ९१४० | २.८४ | १८.१ | ५०४.९७ | ४.० | ७९.८९ |
| ३ | २१०१ | ५९८६ | ४०४५ | ४७०२ | ८७४७ | ४.६१ | १४.२६ | ६१३.३९ | ४.२ | ८६.०३ |
| ४ | २१४१ | ६४९९ | ४२६६ | ४७६७ | ९०३३ | ३.९० | १५.८ | ५७१.७१ | ४.२ | ८९.४९ |
| ५ | २४६९ | ८५३२ | ५०६९ | ५८७६ | १०९४५ | २.८३ | १४ | ७८१.७९ | ४.४ | ८६.२७ |
| ६ | २३१७ | ७४४० | ४१७४ | ५०५१ | ९२२५ | २.४० | ८.८७ | १०४०.०२ | ४.० | ८२.६४ |
| ७ | ७४५ | २८२० | १५६३ | १६४५ | ३२०८ | १.३८ | ८.३८ | ३८२.८२ | ४.३ | ९५.०२ |
| ८ | २३९३ | ९२३५ | ४६९९ | ५४६७ | १०१६६ | १.०१ | २३.५७ | ४३१.३१ | ४.२ | ८५.९५ |
| जम्मा | १६४६९ | ५४४१८ | ३२०७३ | ३७३९९ | ६९४७२ | २.७७ | १४१.६७ | ४९०.३८ | ४.२ | ८५.७६ |
गाउँपालिकाको वडागत जनसंख्याको तुलनात्मक विश्लेषण गर्दा सबैभन्दा धेरै जनसंख्या वडा नं ५ मा रहेको छ जसमा जम्मा जनसंख्या १०,९४५ रहेकोमा (पुरुष ५,०६९ जना र महिला ५,८६७ जना) रहेका छन् । यस वडाको औषत परिवार आकार ४.४ र घरधुरी संख्या २,४६९ रहेको छ । त्यस्तै सबैभन्दा थोरै जनसंख्या वडा नं.७ मा रहेको छ जसको जनसंख्या ३,२०८ (पुरुष १,५६३ जना र महिला १,६४५ जना) रहेका छन् भने घरधुरी संख्या ७४५ र औषत परिवार संख्या ४.३ रहेको छ । सबैभन्दा कम जनघनत्व वडा नं ८ मा रहेको छ जसको जनघनत्व ४३१।३१ व्यक्ति प्रति वर्ग कि.िम. रहेको छ भने सबैभन्दा बढी जनघनत्व वडा नं.६ १०४०.०२ रहेको छ । जसको विस्तृत विवरण माथि तालिकामा उल्लेख गरिएको छ भने तालिकालाई तल स्तम्भ चित्रमा प्रस्तुत गरिएकाे छ ।