३.१३ सामाजिक सुरक्षा
३.१३ सामाजिक सुरक्षा
समाजमा पछािड पारिएका तथा परेका ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्तिहरूलाई सामाजिक सुरक्षा भत्ताको नाममा राज्य कोषबाट सहयोग गर्ने अवधारणा कल्याणकारी राज्यको अवधारणा हो । वि.सं. २०५१ देखि ज्येष्ठ नागरिकलाई मासिक १०० रूपैँया भत्ता दिने नारा सहित शुरु गरिएको सामाजिक सुरक्षा भत्ता अहिले ज्येष्ठ नागरिकका साथसाथै एकल महिला, अपाङ्गता भएका र दलित ज्येष्ठ नागरिकलाई समेत प्रदान गरिदै आएको छ । यसले समाजमा पछाडि परेका अशक्तहरूलाई सम्मानपूर्वक बाँच्न प्रोत्साहन हुने विश्वास गरिएको छ ।
सामाजिक सुरक्षा ऐन, २०७५ अनुसार देहाय बमोजिमका नेपाली नागरिकलाई सामाजिक सुरक्षा भत्ता पाउने उल्लेख गरिएको छ :–
तालिका नं. २० – सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको संख्यात्मक विवरण
| लक्षित समूह | गत आ.व.बाट नविकरण भएको संख्या (१) | पहिलो त्रैमासिक | दोस्रो त्रैमासिक | तेस्र्रो त्रैमासिक | चौथो त्रैमासिक | वार्षिक त्रैमासिक | जम्मा संख्या | |||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| नयाँ थप संख्या (२) | लगत कट्टा (३) | जम्मा कायम संख्या (क=१+२–३) | नयाँ थप संख्या (४) | लगत कट्टा (५) | जम्मा कायम संख्या (ख=क+४–५) | नयाँ थप संख्या (६) | लगत कट्टा (७) | जम्मा कायम संख्या (ग=ख+६–७) | नयाँ थप संख्या (८) | लगत कट्टा (९) | जम्मा कायम संख्या (घ=ग+ ८–९) | पुरुष | महिला | |||
| अन्य ज्येष्ठ नागरिक भत्ता | ३३५७ | ३२ | १९ | ३३७० | १४ | ३३ | ३३५१ | ९ | ४३ | ३३१७ | ११ | १५ | ३३१३ | १५१९ | १७९४ | ३३१३ |
| ज्येष्ठ नागरिक भत्ता (दलित) | ४१२ | २१ | ३ | ४३० | १६ | २ | ४४४ | २१ | ४ | ४६१ | ३१ | ० | ४९२ | २८२ | २१० | ४९२ |
| ज्येष्ठ नागरिक भत्ता (एकल महिला) | ५०७ | ६ | १ | ५१२ | ५ | ० | ५१७ | ८ | २ | ५२३ | १ | १ | ५२३ | १ | ५२२ | ५२३ |
| विधवा | ९४० | ३२ | १ | ९७१ | २५ | २ | ९९४ | २५ | २ | १०१६ | ३२ | १ | १०४८ | ० | १०४८ | १०४८ |
| पूर्ण अपाङ्गता भत्ता | १८१ | ४ | ० | १८५ | ३ | १ | १८७ | ४ | ० | १९१ | ४ | १ | १९४ | ११८ | ७६ | १९४ |
| अति अशक्त अपाङ्गता भत्ता | ५४८ | १५ | ४ | ५५९ | ९ | १ | ५६७ | ११ | ० | ५७८ | १५ | १ | ५९२ | ३११ | २८१ | ५९२ |
| दलित बालबालिका | ६९८ | ५६ | ३० | ७२४ | ५८ | ३३ | ७४९ | ७१ | ३५ | ७८५ | ७० | ३९ | ८१६ | ४७२ | ३४४ | ८१६ |
| लोपन्मुख जाति | ३ | ० | ० | ३ | ० | ० | ३ | ० | ० | ३ | ० | ० | ३ | १ | २ | ३ |
| जम्मा | ६६४६ | १६६ | ५८ | ६७५४ | १३० | ७२ | ६८१२ | १४९ | ८६ | ६८७५ | १६४ | ५८ | ६९८१ | २७०४ | ४२७७ | ६९८१ |
(क) ज्येष्ठ नागरिक, (ख) आर्थिक रूपले विपन्न, (ग) अशक्त र असहाय अवस्थामा रहेका व्यक्ति, (घ) असहाय एकल महिला (ङ) अपाङ्गता भएका, (च) बालबालिका (छ) आफ्नो हेरचाह आफै गर्न नसक्ने (ज) लोपोन्मुख जाति आदि ।
ज्येष्ठ नागरिक भत्ता: (१) दलित र एकल महिला ज्येष्ठ नागरिकले साठी वर्ष उमेर पूरा गरेपछि र अन्य ज्येष्ठ नागरिकले अठ्सठ्ठी वर्ष उमेर पूरा गरेपछि सामाजिक सुरक्षा भत्ताको रूपमा नेपाल सरकारले तोके बमोजिमको ज्येष्ठ नागरिक भत्ता पाउँछन् ।
विपन्न नागरिक भत्ताः आर्थिक रूपले विपन्न नागरिकले तोकिए बमोजिम सामाजिक सुरक्षा भत्ताको रूपमा नेपाल सरकारले तोकेको रकम विपन्न नागरिक भत्ता पाउँछ ।
अशक्त र असहाय भत्ताः अशक्त र असहाय अवस्थामा रहेको नागरिकले तोकिए बमोजिम सामाजिक सुरक्षा भत्ताको रूपमा नेपाल सरकारले ताेकेको रकम अशक्त र असहाय भत्ता पाउँछन् ।
असहाय एकल महिला भत्ताः विधवा महिलाहरू र नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकेको भन्दा न्यून आय भएका र पालन पोषण तथा हेरचाह गर्ने परिवारको कुनै सदस्य नभएका वा त्यस्तो सदस्य भएपनि आर्थिक रूपले विपन्न अवस्थामा रहेका वा त्यस्तो सदस्यले पालनपोषण नगरेका अन्य एकल महिलालेे समेत यस्तो भत्ता पाउँछन् ।
अपाङ्गता भत्ताः पूर्ण अशक्त अपाङ्गता र अति अशक्त अपाङ्गता भएको नागरिकले सामाजिक सुरक्षा भत्ताको रूपमा नेपाल सरकारले तोकेको अपाङ्गता भत्ता पाउँछन् ।
बाल पोषण भत्ताः अति विपन्न, लोपोन्मुख र नेपाल सरकारले तोकेका पाँच वर्ष उमेर पूरा नगरेका बालबालिकाले सामाजिक सुरक्षा भत्ताको रूपमा नेपाल सरकारले तोकेको बालपोषण भत्ता पाउँछन् ।
लोपोन्मुख जाति भत्ताः लोपोन्मुख जातिका नागरिकले नेपाल सरकारले तोकेको सामाजिक सुरक्षा भत्ता पाउँछन् ।
आफ्नो हेरचाह आफै गर्न नसक्नेलाई स्याहार भत्ताः आफ्नो हेरचाह आपmै गर्न नसक्ने नागरिकले नेपाल सरकारले तोकेको सामाजिक सुरक्षा भत्ता पाउँछन् ।