२.१ भौगोलिक अवस्थिति
२.१ भौगोलिक अवस्थिति
बाँके जिल्लामा रहेको बैजनाथ गाउँपालिकाको कुल क्षेत्रफल १४१.५० वर्ग कि.मि.रहेको छ । भौगोलिक हिसाबले यो गाउँपालिका ८१º ३१ु ५ु देखि ८१º ४४ु ११ पूर्वी देशान्तर र २८º ८ु घ८ु उत्तर देखि ३०º २०ु १६ उत्तरी अक्षांस सम्म फैलिएकोे छ । गाउँपालिकाकाे पूवीर् सिमानामा कोहलपुर नगरपालिका, पश्चिम सिमानामा मानखोला, उत्तरी सिमानामा बर्दिया जिल्लाको बाँसगढी नगरपालिका र दक्षिण सिमानामा खजुरा गाउँपालिका रहेका छन् । समुन्द्री सतहबाट १४०–४५० मिटर उचाई सम्म रहेको यो गाउँपालिका बर्दिया राष्ट्रिय निकुञ्ज र बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने र केही भू–भाग चुरे क्षेत्रका विशेषता रहे पनि यहाँको अधिकांश भू–भाग समथर तराई अन्तर्गत पर्ने हुदा बालुवा र पाँगो मिश्रित अत्यन्त उर्वर माटोको प्रधानता रहेको छ । यहाँ उष्ण प्रकारको हावापानी पाइने हुँदा पौष र माघ महिनामा धेरै जाडो हुने र वैशाख, जेष्ठ, असारमा अधिक गर्मी हुने गर्दछ । यहाँको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियसदेखि अधिकतम तापक्रम ४६ डिग्री सेल्सियस पुग्ने गर्दछ भने यहाँ वार्षिक औषत वर्षा १४४५.५८ मिलिलिटर हुने गर्दछ ।