बैजनाथ

६.३.१ बासस्थानका आधारमा महत्वपूर्ण जनावर र चराचुरुङ्गीको विवरण

६.३ जैविक विविधता र वातावरणीय सेवा

६.३.१ बासस्थानका आधारमा महत्वपूर्ण जनावर र चराचुरुङ्गीको विवरण

प्रमुख वन्यजन्तुहरूको विवरण

यस गाउँपालिकामा पाइने प्रमुख वन्यजन्तुहरूमा बाघ, हात्ती, जरायो, चित्तल, रतुवा, भालु, चितुवा, दुम्सी, मृग, कृष्णसार, बाँदर, घोरल, अजिङ्गर, बँदेल, खरायो, पाटेबाघ, स्याल, निलगाई, ब्राह सिङ्गे आदि रहेका छन् ।

घिस्रने जीवजन्तुहरू

यस गाउँपालिकामा विशेष गरी घिस्रने जीवजन्तु अन्तर्गत अजिङ्गर, सर्प, पानी सर्प, छेपारो, गोहोरा पाइन्छन् ।

कीरा फट्याङ्ग्राहरू

पुतली, फट्याङ्ग्रा, पतेरा, गाइनेकीरा, झ्याउँकीरी, लाही, किथिर्का, जुनकीरी, अरिंगाल, मौरी, माकुराहरु, सुलसुले, माछा, अरिगाँठे, कनसुत्ले, आदि पाइन्छन् ।

६.३.२ महत्वपूर्ण वनस्पती विवरण

गाउँपालिकामा, साल, चाँप, जामुन, प्यारी, सिगान, रैनी, सिमल, राजवृक्ष, धाइरो, खस्रे साज, सिसौ, खयर, वयर, कुरिलो, रुदिलो, अस्ना, धौटी, प्यारी, बैर, खन्यु, बर, पिपल, सादन, पिक जामुन लगायतका वनस्पतीका प्रजातिहरु पाइन्छन् ।

जडिबुटी सम्बन्धी विवरण

गाउँपालिकाको वन क्षेत्रमा पाइने जडिबुटीहरूमा हर्रो, बर्रो, बोजो, गुर्जो, मेन्था, एलोभेरा, तितेपाती, तेजपात, सनपात, कमलराज, घ्यु कुमारी, रोइनी, असुरो, बबुरी, भद्रेजामुन, बादलपाते, गिठा, कुकुर्दैना लगायतका वनस्पतीका प्रजाति पाईन्छ यसका साथै कुरिलो, रुदिलो, अमला, पिपरमेन्ट, पिपला जस्ता जडिबुटीहरु पाईन्छ । यी जडिबुटीहरु संकलन तथा बिक्री हुने प्रशस्त सम्भावना रहेको देखिन्छ ।