बैजनाथ

१.४.७ गाउँपालिकाको वस्तुस्थिति विवरणको अन्तिम प्रतिवेदन तयारी

१.४ तयारीका चरणहरू

यस गाउँपालिकाको पार्श्वचित्रको तयारी गर्दा प्रयोग गरिएका विधिहरू निम्नानुसार रहेका छन् —

  • यसमा गाउँपालिकाको विभिन्न विषयगत शाखा, विषयगत कार्यालय तथा विभिन्न संघसंस्थाहरूबाट उपलब्ध तथ्याङ्कहरू समावेश गरिएको छ ।
  • सबै वडाका अध्यक्ष तथा अन्य पदाधिकारीसँग प्रत्यक्ष अर्न्तवार्ता विधि प्रयोग गरी तथ्याङ्क संकलन गरिएको ।
  • राष्ट्रिय जनगणना, २०७८ र अन्य विभिन्न सर्वेक्षण आदिका नतिजाहरू समावेश गरिएको ।
  • यस अध्ययन प्रतिवेदनमा तथ्याङ्कको विश्लेषणका mव्रममा विभिन्न तालिकाहरू, चित्रहरू तथा नक्शाको प्रयोग गरी वर्णनात्मक तथा तुलनात्मक रुपमा विश्लेषण गरिएको छ ।

पार्श्वचित्र तयार गर्ने कार्य प्राथमिक m९एचष्बचथ० तथा द्वित्तीय ९क्भअयलमबचथ० सूचना संकलन पद्दती प्रयोग गरी गरिएको छ । भू–उपयोग, सडकहरू र सोको गुणस्तर तथा वातावरणीय समस्याहरू जस्ता तथ्याङ्कहरू, भौगोलिक सूचना प्रणाली तथ्याङ्क ९न्क्ष्क् म्बतब०, स्थलस्वरुप नक्शा, हवाई नक्शा, नापी नक्शा, स्थलगत निरीक्षण तथा अर्न्तवार्ता विधि प्रयोग गरी संकलन गरिएको छ । यसका साथै गाउँपालिका स्थित विभिन्न सरकारी एवं गैरसरकारी निकायहरूका पदाधिकारीहरू, बुद्धिजीवीहरू उपलब्ध प्रतिष्ठित व्यक्तित्वहरूसँग छलफल एवं अन्तरर्वाता गरी गाउँपालिकाका प्रमुख समस्या एवं विकासका सम्भावनाहरू बारे जानकारी लिइएको छ । गाउँपालिकाका समग्र तथ्याङ्कहरू जस्तै: भौतिक, वातावरणीय, सामाजिक, आर्थिक, वित्तीय एवं संस्थागत तथ्याङ्कहरू गाउँपालिका कार्यालय लगायत गाउँपालिका स्थित सरकारी एवं गैरसरकारी कार्यालयहरूको रेकर्डबाट र केही तथ्याङ्कहरू सम्बन्धित विभाग तथा अन्य निकायहरूबाट प्रकाशित प्रतिवेदन एवं पुस्तकहरू अध्ययन गरी संकलन गरिएको छ ।

१.४.१ वस्तुस्थिित विवरण ढाँचा, औजार तथा कायर्विधि तयारी

यस तयारीको पहिलो चरणमा देहाय बमोिजमका गतिविधिहरु संचालन गरिएका छन् :–

  • बैजनाथ गाउँपालिका क्षेत्रको भौगोलिक अवस्था, जनसंख्या, सामाजिक, आर्थिक, प्राकृतिक, भौतिक, वातावरणीय र संस्थागत वस्तुस्थिति झल्कने र भौगोलिक तथा सामाजिक रुपमा खण्डीकृत विवरण खुल्ने गरी वस्तुस्थिति विवरण तयारी कार्य प्रारम्भ गर्न कार्यपालिका बैठकबाट निर्णय गरियो ।
  • वस्तुस्थिित विवरणको स्तरीय ढाँचा अनुसार राष्ट्रिय जनगणना, २०७८ र अन्य विभिन्न सर्वेक्षण आदिका नतिजाहरू समावेश गरी संस्थागत सर्वेक्षण एवं सहभागितामूलक लेखाजोखा सर्वेक्षणका लागि विज्ञहरुको समेत संलग्नतामा प्रश्नावलीलाई अन्तिम रुप दिइयो ।

१.४.२ वस्तुस्थिती विवरण तयारी कार्यशाला

वस्तुस्थिती विवरण तयारीका लागि बैजनाथ गाउँपालिकाले कार्यपालिकाका पदाधिकारी, कर्मचारी र सरोकारवालाहरुबिच वस्तुस्थिती विवरणको स्तरीय ढाँचा, तथ्याङ्कको स्रोत तथा संकलन एवं विश्लेषण तयारी विधिबारे साझा धारणा, बुझाई र अपनत्व कायम गर्न छलफलबाट कार्ययोजना तयार गर्नका लागि तथा वस्तुस्थिित विवरण तयार गर्ने कार्यको जिम्मेवारी र कार्ययोजना निर्धारण गर्नका लागि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, कार्यपालिकाका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत, वडा सचिवहरु, विषयगत शाखा/उपशाखा/इकाई प्रमुखहरु, गाउँपालिकाबाट छनौट गरिएका स्थानीयस्तरको जानकार विशेषज्ञ वा स्थानीय विज्ञहरुको सहभागितामा एक दिनको वस्तुस्थिित विवरण तयारी कार्यशाला गोष्ठी संचालन गरियो ।

१.४.३ तथ्याङ्क संकलन

यहाँकाे वस्तुस्थिित विवरण निर्माणका लागि दुई किसिमका तथ्याङ्कहरू संकलन गर्न संस्थागत विवरण तथा राष्ट्रिय जनगणना, २०७८ कृषि गणना, विभिन्न सर्वेक्षण, मानव विकास प्रतिवेदन, लगायतबाट प्राप्त विवरण्ाहरु संकलन गरिएको थियो । संस्थागत विवरण संकलन अन्तर्गत प्रश्नावलीहरूको माध्यमबाट हरेक वडा कार्यालय तथा कार्यपालिकाको विभिन्न शाखाहरूको समेत सहयोग र समन्वयमा विवरणहरू संकलन गर्ने कार्य गरियो । यसरी संस्थागत विवरणहरू संकलन गर्ने सन्दर्भमा स्रोत नक्शा एवं GIS Mapping लाई व्यवस्थित गर्नका लागि GIS Coordinates लिइएको थियो ।

१.४.४ तथ्याङ्क प्रशोधन तथा विश्लेषण र स्रोत नक्शा तयारी

प्राप्त तथ्याङ्कलाई व्यवस्थित तथा विश्लेषणका लागि कम्प्युटर सफ्टवेयरको डिजाइन तथा विकास गरी आवश्यकता अनुसारका तालिकाहरू तयार गरिनुका साथै थप विश्लेषणका लागि MS Excel को पनि प्रयोग गरियो भने प्राप्त सबै प्रकारका तथ्याङ्कहरूलाई MS Excel को प्रयोग गरी विश्लेषण गर्ने कार्य गरियो । स्रोत नक्शा तयारीका लागि पनि दुवै तरिकाहरू जस्तै GIS Database लाई आधार मानी सफ्टवेयरको प्रयोग गरी GIS मा आधारित स्रोत नक्शा बनाउने, तथ्याङ्क व्यवस्थापनका लागि विकास गरिएको सफ्टवेयरमा पनि GIS Coordinates राखेर Google Map को प्रयोगबाट Mapping गर्ने विधिको प्रयोग गरियो ।

१.४.५ वस्तुस्थिति विवरणको मस्यौदा तयारी

तथ्याङ्क प्रशोधन तथा विश्लेषण र स्रोत नक्शा तयारीबाट प्राप्त प्रतिवेदनहरूलाई व्यवस्थित गर्दै तथा वस्तुस्थिित विवरण तयारी कार्यविधि, २०७८ ले निर्देश गरे अनुसार ढाँचाको अनुशरण गर्दै विज्ञहरूद्वारा वस्तुस्थिित विवरणको मस्यौदा प्रतिवेदन तयार गरी निश्चित समयावधिमा गाउँपालिकामा पेश गरियो ।

१.४.६ वस्तुस्थिति विवरण सुझाव संकलन

निर्धारित ढाँचामा पालिकाको वस्तुस्थिित विवरणको पहिलो मस्यौदा तयार भए पश्चात् वस्तुस्थिित विवरणको मस्यौदामा छलफल गर्न कार्यपालिकामा एक दिने प्रमाणिकरण कार्यशालाको आयोजना गरियो । प्रमाणिकरण कार्यशालामा प्रस्तुत भएका सूचना तथा विवरणको शुद्धता र तथ्य यकिन गरी सुधारका लागि सुझाव संकलन गर्ने, वस्तुस्थिित विवरणको मस्यौदाले समेट्न नसकेका विषय क्षेत्र वा परिमार्जन गर्नुपर्ने पक्षहरूलाई समावेश गर्न सुझाव आदान प्रदान गर्ने, वस्तुस्थिती विवरणमा प्रस्तुत तथ्याङ्क, सूचना तथा विवरणहरूको अन्तरसम्बन्ध र तुलनात्मक पक्षहरू यकिन गर्ने, वस्तुस्थिती विवरण प्रकाशन पश्चात् यसका विवरणहरू योजना तर्जुमा, विकास निर्माण, सेवा प्रवाह, कार्यसम्पादन र नतिजा अनुगमनमा उपयोग गर्ने प्रतिबद्धता जाहेर गर्ने आदि कार्यहरू गरिएको थियो ।

१.४.७ गाउँपालिकाको वस्तुस्थिति विवरणको अन्तिम प्रतिवेदन तयारी

कार्यशालाबाट प्राप्त भएका सुझावहरूलाई समावेश गरी तथा मस्यौदा प्रतिवेदनमा परिमार्जन गर्नुपर्ने विषयहरु, कार्यशालाबाट प्रस्तुत सुझावहरू बारे सम्बन्धित सरोकारवालासँग आवश्यकता अनुसार पुनःपरामर्श गरी एवं वस्तुस्थिित विवरणको स्तरीयता र गुणस्तर सुनिश्चितताका लागि विज्ञहरूका सुझावहरूलाई समेत ध्यान दिई वस्तुस्थिित विवरणलाई अन्तिम रुप दिइएको हो ।