७.२.१ इन्धन उपयोग विवरण (खाना पकाउने इन्धनको आधारमा घरपरिवार)
७.२ विद्युत् तथा वैकल्पिक उर्जा
गाउँपालिकाका सबै वडाहरुमा विद्युतीकरणको पहुँच रहेता पनि बढ्दो जनसंख्याका कारण विद्युतको क्षमता न्यून रहेको छ र विद्युत क्षमता बढाउनु पर्ने अवस्थामा रहेको छ भने शान्ति सुरक्षा अभिबृद्धि गर्नका लागि सडकमा सौर्य बत्तीहरूका साथै सिसि क्यामेराहरु जडान गर्नुपर्ने देखिन्छ तथापि प्रशारण लाइनको सुदृढीकरणका लागि भने प्रशस्त काम गर्नुपर्ने देखिन्छ । विद्युत् प्रशारण लाईन सुधारमा सर्वप्रथम काठका पोलहरू पक्की वा फलामका पोलहरूले विस्थापन गर्नुपर्ने देखिन्छ भने Low Voltage हुने स्थानहरूमा ट्रान्सफर्मर जडान गर्नुपर्ने देखिन्छ ।
विद्युत सेवा बाहेक वैकल्पिक र नवीकरणीय ऊर्जा प्रवर्द्धनका लागि ठोस कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने देखिन्छ । पशुपालन हुने क्षेत्रमा गोबर ग्याँस निर्माणमा प्रोत्साहन र अनुदान दिने र अन्य दुर्गम तथा सुगम दुवै क्षेत्रमा सौर्य ऊर्जा जडान गर्न सके त्यसबाट ऊर्जाको नियमित आपूर्ति हुनुको साथै थप विकासका क्रियाकलापहरूलाई ऊर्जाको सदुपयोग मार्फत गति दिन सकिन्छ । सौर्य ऊर्जाबाट लिफ्ट सिँचाइर् खानेपानी आयोजना सञ्चालन गर्न गार्हस्थ उपभोगका निम्ति प्रयोग गरी बढी भएको ऊर्जालाई राष्ट्रिय प्रशारण लाइर्नमा िबक्री समेत गर्न सकिन्छ ।
सामान्तयाः एउटा सामान्य परिवारले दैनिक २ किलोवाट विद्युत खपत गर्दछ । त्यसमा पनि यो उपभोगको मात्रा ग्रामिण भेगहरूमा त्यो भन्दा न्यून हुन्छ । १७.६ वर्ग फिटको सोलार प्यानलले २५० बाट विद्युत उत्पादन गर्दछ । दिनभर करिब ६.८ घण्टा सुर्यको किरणबाट २५० वाट X ६.८ घण्टा गर्दा १.७ किलोवाट विद्युत निस्कन्छ । १.७ किलोवाट X ३० दिन उत्पादन गर्दा महिनामा ५१ किलोवाट विद्युत उत्पादन हुन सक्दछ ।
यसको अर्थ ६०० वर्ग फिट ओगट्ने घरबाट
५१ कि.वा. × = १७३८ कि.वा.
यसको अर्थ ६०० वर्गफिट ओगट्ने घरमा सौर्यऊर्जा जडान गर्दा सो घरलाई पुग्ने ऊर्जा उत्पादन गर्न सकिन्छ । यद्यपी, ग्रामिण घरहरू सौर्य ऊर्जा उत्पादनमैत्री बनाउनुपर्ने हुन्छ । अर्कोतर्फ पानीका सदाबहार स्रोतहरू भएको र जलाशयमा आधारित विद्युतको समेत सम्भावना अध्ययन गरी लघुविद्युत योजनाहरू सञ्चालन गर्न सकिन्छ । यसरी उत्पादित विद्युत बढी भएको खण्डमा राष्ट्रिय प्रशारण लाइनमा बेच्न सकिन्छ । हालसम्म समेत काठ/दाउरालाई खाना पकाउने मुख्य इन्धनको रूपमा प्रयोग गर्ने घरपरिवार धेरै भएकाले काठ/दाउरा विस्थापन गर्न विद्युत तथा सौर्य ऊर्जाले सहयोग प्रुयाउन सक्दछ । यसबाट वातावरण संरक्षणमा समेत टेवा पुग्दछ । तसथर्, गाउँपालिकाका विभिन्न वडामा विद्युत प्रशारण लाईन मर्मत सम्भार तथा सुधार, ट्रान्सफर्मर जडान, वैकल्पिक तथा नवीकरणीय ऊर्जा प्रवर्द्धनका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने देखिन्छ ।
७.२.१ इन्धन उपयोग विवरण (खाना पकाउने इन्धनको आधारमा घरपरिवार)
तालिका नं. ७१ – खाना पकाउने मुख्य इन्धनको आधारमा घरपरिवारको विवरण
| वडा | काठ, दाउरा, कोइला | एलपी ग्याँस | विद्युत | गुइँठा | बायो ग्याँस | मट्टितेल | अन्य | जम्मा |
|---|---|---|---|---|---|---|---|---|
| १ | १३०८ | ५८६ | १४ | १ | ११५ | ० | ७ | २०३१ |
| २ | १५५९ | ६९४ | ९ | १ | ८ | ० | १ | २२७२ |
| ३ | ७०४ | १२७३ | १६ | ० | १०८ | ० | ० | २१०१ |
| ४ | ६६१ | १११४ | ४ | ० | ३६० | ० | २ | २१४१ |
| ५ | ६०४ | १७९८ | १५ | ३ | ४९ | ० | ० | २४६९ |
| ६ | ६०८ | १६४७ | १२ | ० | ४९ | १ | ० | २३१७ |
| ७ | १८३ | ५०२ | ३ | १ | ५६ | ० | ० | ७४५ |
| ८ | ९९८ | १२२८ | १९ | ७ | १४१ | ० | ० | २३९३ |
| जम्मा | ६६२५ | ८८४२ | ९२ | १३ | ८८६ | १ | १० | १६४६९ |
| प्रतिशत | ४०.२३ | ५३.६९ | ०.५६ | ०.०८ | ५.३८ | ०.०१ | ०.०६ | १०० |
नेपाल जलस्रोतको धनी देश भएतापनि यसको सदुपयोग हुन नसकिरहेको कारण शहर र ग्रामिण ईलाकामा ऊर्जा संकट व्याप्त छ । नेपालको पहाडी तथा हिमाली क्षेत्रमा अहिले पनि ठुलो संख्यामा जनताहरूले खाना पकाउने इन्धनको रुपमा काठ/दाउरा/कोइलाको प्रयोग गर्दछन् भने तराई क्षेत्रमा गुइँठाको प्रयोग व्यापक रूपमा भइरहेको छ ।
यस बैजनाथ गाउँपालिकाको कुल घरपरिवारहरू मध्ये खाना पकाउनका लागि ६,६२५ अर्थात् ४०.२३ प्रतिशतले काठ/दाउरा/कोइला प्रयोग गर्दछन् भने सबैभन्दा बढी ८,८४२ अर्थात् ५३.६९ प्रतिशतले एल.पी. ग्याँसको प्रयोग गर्दछन् । त्यसैगरी विद्युतको प्रयोग गर्ने परिवार संख्या ९२ अर्थात ०.५६ प्रतिशत, मट्टितेलको प्रयोग गर्ने परिवारको संख्या ०.०१ प्रतिशत, बायो ग्याँस प्रयोग गर्नेको संख्या ८८६ अर्थात ५.३८ प्रतिशत, १३ अर्थात ०.०८ प्रतिशत गुइँठा र अन्य इन्धनका स्रोतको प्रयोग गर्नेको संख्या १० अर्थात ०.०६ प्रतिशत रहेको छ । जसको विस्तृत विवरण तालिकामा प्रस्तुत गरिएको छ ।
दिगो विकासको अवधारणा अनुसार पर्यावरणीय सन्तुलन बनाई राख्न मानिसको उपभोग शैलीमा परिवर्तन गर्नु अपरिहार्य छ । उदाहरणका लागि नेपालले आधार वर्ष २०१५ मा ७४.७ प्रतिशत रहेको इन्धनको प्राथमिक श्रोतको रुपमा काठ, दाउरा, गुइँठा आदि प्रयोग गर्ने जनसमुदाय सन् २०३० सम्म ३० प्रतिशतमा झार्ने (SDG–7) तथा पकाउने प्रयोजनार्थ एल.पी.ग्याँस प्रयोगलाई १८ प्रतिशत (२०१५) बाट ३३ प्रतिशतमा प्रुयाउने लक्ष्य राखेको छ । यसै राष्ट्रिय लक्ष्यलाई आत्मसाथ गर्दै यस गाउँपालिकाका नीति तथा कार्यक्रमहरूलाई त्यसतर्फ उन्मुख बनाउनु आवश्यक छ ।
७.२.२ बत्ती बाल्ने इन्धनको प्रयोगको आधारमा घरपरिवार
यस गाउँपालिकाका सबै वडाहरूमा विद्युत मर्मत सम्भार, महशुल असुली तथा विद्युतीकरण योजनाको कार्यान्वयन नेपाल विद्युत प्राधिकरणले गर्दै आएको छ । राष्ट्रिय जनगणना, २०७८ को तथ्याङ्क अनुसार दैनिक बत्ती बाल्न प्रयोग गरिने इन्धनमा विद्युत प्रमुख स्रोतको रुपमा रहेको देखिन्छ ।
तालिका नं. ७२ – दैनिक बत्ती बाल्न प्रयोग गरिने इन्धनको विवरण
| वडा | बिजुली | सोलार | मट्टितेल | बायो ग्याँस | अन्य | जम्मा |
|---|---|---|---|---|---|---|
| १ | १९९४ | १४ | ६ | २ | १५ | २०३१ |
| २ | २२६० | ९ | १ | १ | १ | २२७२ |
| ३ | २०८३ | १४ | ० | ० | ४ | २१०१ |
| ४ | २११८ | १२ | ६ | ० | ५ | २१४१ |
| ५ | २४४४ | १५ | ३ | ० | ७ | २४६९ |
| ६ | २२९४ | १८ | १ | ० | ४ | २३१७ |
| ७ | ७२५ | ११ | ९ | ० | ० | ७४५ |
| ८ | २३४७ | २० | १६ | १ | ९ | २३९३ |
| जम्मा | १६२६५ | ११३ | ४२ | ४ | ४५ | १६४६९ |
| प्रतिशत | ९८.७६ | ०.६९ | ०.२६ | ०.०२ | ०.२७ | १०० |
गाउँपालिकामा घरपरिवारहरूले दैनिक बत्ती बाल्न प्रयोग गर्ने इन्धनको स्रोत विश्लेषण गर्दा गाउँपालिकाका कुल १६,४६९ घरपरिवारहरू मध्ये १६,२६५ अर्थात ९८.७६ प्रतिशतले विद्युत, ११३ अर्थात ०.६९ प्रतिशतले सोलार, ४२ अर्थात ०.२६ प्रतिशतले मट्टितेल, ४ अर्थात ०.०२ प्रतिशतले बायो ग्याँस र ४५ अर्थात ०.२७ प्रतिशतले अन्य इन्धनको स्रोत प्रयोग गर्ने गरेको पाईयो । जसको वडागत विस्तृत विवरण तालिकामा प्रस्तुत गरिएको छ ।
७.२.३ वैकल्पिक ऊर्जा (लघु जलविद्युत, सोलार, बायो ग्याँस, सुधारिएको चुल्हो) प्रयोग गर्ने परिवार
पेट्रोलियम पदार्थ माथिको निर्भरतालाई घटाउँदै नवीकरणीय वैकल्पिक ऊर्जाको प्रयोगमा व्यापकता ल्याउन सकेको खण्डमा पर्यावरणीय सन्तुलनलाई कायम राख्न मद्दत पुग्दछ । डिजेल, पेट्रोल, मट्टितेल जस्ता पदार्थको उत्पादन नेपालमा नहुने भएका कारण वर्षेनी अरबौँ रूपैयाँ हामीले पेट्रोलियम पदार्थको आयातमा खर्चिनु परेको छ । तेस्रो विश्वको एक भू–परिवेष्ठित विकासोन्मुख देश नेपालका लागि यो वैदेशिक व्यापार घाटाको एक प्रमुख कारण हो । हामीले आयात प्रतिस्थापन र निर्यात प्रबन्धको नीतिलाई व्यवहारमा प्रभावकारी तरिकाले उतार्न नसकिरहेको परिप्रेक्ष्यमा वायू ऊर्जा, सौर्य ऊर्जा, विद्युत ऊर्जा तथा बायो ग्याँसको विकास मार्फत ऊर्जाको श्रोतमा हामी आत्मनिर्भर बन्न सक्छौं । त्यसैले नेपालको हकमा स्थानीय सरकार, प्रादेशिक सरकार र संघीय सरकारले नवीकरणीय वैकल्पिक ऊर्जाको विकासमा आवश्यक नीति निर्माण गरी काम गर्नु पर्दछ ।