बैजनाथ

३.१२ व्यक्तिगत घटना सम्बन्धी विवरण

३.१२ व्यक्तिगत घटना सम्बन्धी विवरण

३६९०
बालक
३१८२
बालिका
६८७२
जम्मा

नागरिकले आफ्नो व्यक्तिगत अधिकार उपयोग गर्न कानूनी प्रक्रियाहरू पालना गर्नुपर्ने हुन्छ । नागरिकता, राहदानी वा अन्य परिचयपत्र लिन, रोजगारी वा उद्यम गर्न, विदेश जान निश्चित कानूनी प्रक्रिया पुरा गर्नुपर्नेर् हुन्छ । यसका लागि सरकारले आधिकारिक प्रमाणपत्र उपलब्ध गराउँछ । जन्म, मृत्यु, बसाइँसराइर् विवाह र सम्बन्ध विच्छेद जस्ता घटना समयमा नै दर्ता गर्नुपर्ने हुन्छ । संविधानले नागरिकलाई विभिन्न अधिकारको प्रत्याभूत गरेको छ । त्यसको प्रस्थानविन्दु भनेकै व्यिक्तगत घटना दर्ता हो । ती व्यक्तिगत घटना दर्ताका आधारमा राष्ट्रिय तथ्याङ्क बनाउने यसको विश्वव्यापी मान्यता हो । कहाँ ? कति जन्मे ? कतिको मृत्यु भयो ? कतिले बसाइँसराइर् गरे ? कतिको सम्बन्ध विच्छेद भयो ? जस्ता कुराको जानकारी राज्यले पाउनुपर्छ । यसको आधारमा सरकारले सेवा प्रवाह सम्बन्धी नीति बनाउने हुँदा व्यक्तिगत घटना दर्ता समयमा नै गर्न जनचेतना अभिवृद्धि गर्नुपर्ने देखिन्छ ।

क) पाँच वर्षमुनिका बालबालिकाको जन्मदर्ताको आधारमा वडागत विवरण

गाउँपालिकामा जन्म भएका पाँच वर्ष मुनिका ६,८७२ बालबालिकाहरू मध्ये ५,५५१ जनाको जन्म दर्ता गरिएको छ भने बाँकी १,३२१ जनाको जन्म दर्ता नभएकोे तथ्याङ्क रहेको छ । जन्म, मृत्यु, बसाइँसराइर् र विवाह जस्ता जीवनका प्रमुख व्यक्तिगत घटनाको अनिवार्य र समयमै दर्ता गर्नुपर्दछ । यसबाट स्थानीय सरकारलाई यकिन तथ्याङ्कको अभिलेख तयार पार्न सहयोग पुग्दछ भने अर्कोतर्फ नागरिकहरूले राज्यबाट प्राप्त गर्ने सेवा सुविधाका लागि नागिरकको पहिचान कायम गर्न र अन्य कानूनी क्रियाकलापहरूमा यसको आवश्यकता पर्दछ तसर्थ अनिवार्य रुपमा जन्मदर्ता गर्न स्थानीय सरकारले प्रोत्साहन गर्नुपर्ने देखिन्छ । जन्मदर्ता सम्बन्धी वडागत विस्तृत विवरण तलको तालिकामा प्रस्तुत गरिएको छ ।

तालिका नं. १७ – पाँच वर्षमुनिका बालबालिकाको जन्मदर्ताको आधारमा वडागत विवरण

वडाजन्मदर्ताबालकबालिकाजम्मा
जम्मा४८३३६१८४४
३९०२७८६६८
छैन९३८३१७६
जम्मा५०४४२६९३०
४००३४७७४७
छैन१०४७९१८३
जम्मा४६८३९५८६३
३९९३३४७३३
छैन६९६११३०
जम्मा४७३४०१८७४
३७१३१०६८१
छैन१०२९११९३
जम्मा६००५३५११३५
४९६४५०९४६
छैन१०४८५१८९
जम्मा४९९४३७९३६
४१८३५६७७४
छैन८१८११६२
जम्मा१५४१४३२९७
११७१०३२२०
छैन३७४०७७
जम्मा५०९४८४९९३
४१४३६८७८२
छैन९५११६२११
जम्माजम्मा३६९०३१८२६८७२
३००५२५४६५५५१
छैन६८५६३६१३२१
स्रोतः राष्ट्रिय जनगणना २०७८
चित्रण

ख) विगत १२ महिनाको मृत्यु सम्बन्धी विवरण

यस गाउँपालिकामा रहेका कूल ६९,४७२ जनसंख्या मध्ये विगत १२ महिनामा ५१३ जनाको मृत्यु भएको छ । जसमध्ये २८७ जना अर्थात ५५.९५ प्रतिशत पुरुष र २२६ अर्थात ४४.०५ प्रतिशत महिलाको मृत्यु भएको देखिन्छ । सबैभन्दा धेरै मृत्युको अभिलेख भएको ७०–७४ वर्ष उमेर समूह रहेको छ जसमा ७० जनाको मृत्यु भएको देखिन्छ । उमेरगत विस्तृत तथ्याङ्क तालिकामा प्रस्तुत गरिएको छ ।

कोरा मृत्युदर = × १०००

अर्थात प्रतिहजार जनसंख्यामा प्रतिवर्ष ७ जनाको मृत्यु हुने तथ्याङ्कले देखाउँछ । यद्यपी, कोरा मृत्युदरले मृत्युको अवस्थाबारे यथार्थ चित्रण गर्न भने सक्दैन् ।

ग) लिङ्ग र उमेर समूह अनुसार विगत १२ महिनामा मृत्यु भएकाको विवरण

तालिका नं. १८ – लिङ्ग र उमेर अनुसार विगत १२ महिनामा मृत्यु भएकाको विवरण

मृतकको उमेर समूहपुरुषमहिलाजम्मा
१ वर्ष१४
१–४ वर्ष
५–९ वर्ष
१०–१४ वर्ष
१५–१९ वर्ष११
२०–२४ वर्ष१०
२५–२९ वर्ष१२
३०–३४ वर्ष१११९
३५–३९ वर्ष१६१०२६
४०–४४ वर्ष२५३४
४५–४९ वर्ष२३३०
५०–५४ वर्ष१७१३३०
५५–५९ वर्ष२४१६४०
६०–६४ वर्ष२७२१४८
६५–६९ वर्ष२४२०४४
७०–७४ वर्ष३५३५७०
७५–७९ वर्ष२३२३४६
८० देखि माथि३२३३६५
उल्लेख नभएको
जम्मा२८७२२६५१३
प्रतिशत५५.९५४४.०५१००
स्रोतः राष्ट्रिय जनगणना २०७८
चित्रण

गाउँपालिकामा विगत १२ महिनामा मृत्यु हुनेहरूको संख्यालाई हेर्दा सबैभन्दा बढी ७०–७४ वषर् उमेर समूहका ३५ जना पुरुष र सोही उमेर समूहका ३५ जना महिलाहरु रहेका छन् । उमेर समूह अनुसारको विवरण तालिकामा प्रस्तुत गरिएको छ । सोह्रौँ योजनाका अनुसार नेपालीको औषत आयु ७०.४ वर्ष उल्लेख गरिएको छ । सामान्यतया उमेर पुगेर हुने प्राकृतिक मृत्युलाई स्वाभाविक मान्न सकिन्छ तसर्थ यस गाउँपालिकामा बढी मृत्यु हुने उमेर समूह हेर्दा ६० वर्ष माथिको नै देखिन्छ ।

घ) मृत्युको कारण अनुसार मृतकको संख्या

तालिका नं. १९ – मृत्युको कारण अनुसार मृतकको जनसंख्याको विवरण

मृतकको उमेर समूहमृत्युको कारणजम्मा
सरुवा रोगनसर्ने रोगसडक दुर्घटनाअन्य दुर्घटनाप्रसुति सम्बन्धीहत्याआत्महत्याप्राकृतिक प्रकोपअन्यनखुलाएको
१ वर्ष१०१४
१–४ वर्ष
५–९ वर्ष
१०–१४ वर्ष
१५–१९ वर्ष११
२०–२४ वर्ष१०
२५–२९ वर्ष१२
३०–३४ वर्ष१९
३५–३९ वर्ष२६
४०–४४ वर्ष१४१४३४
४५–४९ वर्ष१७३०
५०–५४ वर्ष१५३०
५५–५९ वर्ष२६४०
६०–६४ वर्ष३०४८
६५–६९ वर्ष२८४४
७०–७४ वर्ष४३१८७०
७५–७९ वर्ष२७११४६
८० वर्ष देखि माथि१५४०६५
उल्लेख नभएको
जम्मा६६२४८१६१६१२२६११६५१३
स्रोत : घरधुरी तथ्याङ्क संकलन, २०७८
चित्रण

गाउँपालिकामा विगत १२ महिनामा मृत्यु भएका परिवारका सदस्यहरूको विवरणलाई हेर्दा ५१३ जनाको मृत्यु भएको छ । यसमध्ये सबैभन्दा धेरै नसर्ने रोगका कारण २४८ जना, सरुवा रोगका कारण ६६ र अन्य कारणले ११६ जनाको मृत्यु भएको छ । त्यसैगरी २६ जनाको प्राकृतिक प्रकोपका कारण, १६ जनाको सडक दुर्घटनाका कारण र १२ जनाको आत्महत्याका कारण मृत्यु भएको छ ।