बैजनाथ

२.९ मानव विकास सुचकाङ्क

२.९ मानव विकास सुचकाङ्क

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) को २०२५ को प्रतिवेदन अनुसार नेपालको मानव विकास सुचकाङ्क ०.६२२ रहेको र यसका आधारमा विश्वका १९३ देशहरु मध्ये नेपाल १४५ श्रेणीमा रहेको छ । विश्वका १९३ देशहरु मध्ये गत वर्ष नेपाल १४६ औँ स्थानमा रहेको थियाे भने यस वर्ष केही सुधार भएर एक स्थान माथि उक्लिएको हो । सन् १९९० मा नेपालको यो सूचकाङ्क ०.३७८ थियो । सो अवधिमा नेपालीको औषत आयु ७०.४ वर्ष रहेको छ । यसैगरी लुमि्बनी प्रदेशको दोस्रो आवधिक योजना ८०/८१ का अनुसार मानव विकास सुचकाङ्क ०.५६३ छ भने औसत आयु ६९.५ वर्ष रहेको छ । गरिबी सूचकाङ्कको विवरण तलको तालिकामा समावेश गरिएको छ ।

तालिका नं. २ – मानव विकास र गरिबी सूचकाङ्क विवरण

प्रदेशबहु–आयामिक गरिबीको दर (प्रतिशत)गरिबीको (प्रतिशत)गरिबीको विषमता (प्रतिशत)गरिबीको गहनता (प्रतिशत)गरीबहरूको संख्यामानव विकास सूचकाङ्क
लुम्विनी प्रदेश२९.९२५.८६.५२.३१,०५३,३७९०.४६८
स्रोतः नेपाल राष्ट्रि बैङ्क २०८२