बैजनाथ

२.४ धरातलीय अवस्था

२.४ धरातलीय अवस्था

गाउँपालिकाको भौतिक अवस्थाको विवरण तयार पार्दा यहाँको धरातलीय अवस्थाका बारेमा उल्लेख गर्नु अनिवार्य हुन्छ । क्षेत्रफलका हिसाबले नेपाल सानो भए तापनि धरातलीय विविधताका हिसाबले विश्वमै सम्पन्न मानिन्छ । विशेषतः भौगर्भिक प्रक्रियाका दौरान पछिल्लो समयमा निर्माण भएको महालङ्गुर हिमश्रृङ्खला निर्माण हुँदा तिब्बतीयन भू–खण्ड र भारतीय उपमहाद्वीपको एक आपसमा टकराव हुँदा यी दुई भू–खण्डका बिचमा रहेको टेथिस सागरको अस्तित्व समाप्त भई उच्च हिमालय पर्वत, मध्यम महाभारत पर्वत श्रृङ्खला तथा होचा चुरे पर्वत श्रृङ्खला र सबैभन्दा दक्षिण भेगमा फैलिएको विशाल गंगाको मैदानको अंशको रुपमा रहेको तराई भू–भाग मिलेर समग्र देशको भू–सतह निर्माण भएको छ । यो भू–धरातलको वस्तुगत चरित्रहरू मध्ये एक वा अर्को प्रकारको भू–धरातलको प्रधानता नेपालका सबैजसो स्थानीय तहहरुमा रहेको पाईन्छ । भू–धरातलीय स्वरुपले विकास निर्माणमा अहम् भूमिका खेल्दछ । भू–धरातलको विवरण अन्तर्गत विशेषतः भिरालोपन, मोहडा, उचाई, भू–आवरण, माटोको बनावट जस्ता आधारभूत पक्षहरू पर्दछन् ।

क) माटोको बनावट

गाउँपालिकाको भौगर्भिक संरचना भारतीय उपमहाद्विप (Indian Plate) र तिब्बतीयन प्लेट (Tibetan Plate) को एकआपसको टकरावबाट उत्पत्ति भएको महाभारत पर्वत श्रृङ्खला निर्माण हुँदाको बखत भएको हो । यो विशाल गंगा नदीको निरन्तर बहावको परिमाण स्वरुप बनेको गंगाको विशाल समथर फाँटको एक अति निम्न अंशको रूपमा यो गाउँपालिकाको सम्पूर्ण भू–भाग रहेको छ । यसरी गंगाको फाँटको रूपमा रहेको यहाँको माटो मुख्यतया पाँगो मिश्रित मलिलो रहेको छ । खोला नालाको प्रत्यक्ष प्रभाव क्षेत्रमा रहेको माटोमा बालुवाको मात्रा बढी छ भने केही भित्री भागमा चिम्टाइलो र बलौटे माटोमा प्राङ्गारिक पदार्थको मात्रा पाइन्छ । यसरी प्रांगारिक पदार्थको मात्रा भने निरन्तर खेती भैरहेको क्षेत्रमा केही बढी छ भने बाँझो क्षेत्रमा क्रमशः घटिरहेको पाइन्छ । समग्रमा भन्दा यो गाउँपालिकाको माटो उर्वर र खेतीयोग्य माटोमा पर्दछ ।

ख) भिरालोपनाको विवरण

बैजनाथ गाउँपालिकाको भूमिलाई भू–बनोट, प्रणाली, तथा भू–स्खलन जस्ता प्रवृत्तिका आधारमा अध्ययन गर्दा भूमिको वर्गीकरणलाई त्यसको उपयोगको सम्भाव्यता र सघनता घट्दै जाने (Degrading) क्रममा राखिएका छ । अर्को शब्दमा, भू–स्खलन वा भू–क्षयीकरणको प्रवृत्ति भू–बनोट अनुसार फरक पर्दै जान्छ । त्यसै क्रमले भूमिको स्थायित्वलाई मजबुत बनाउने उपायको भौतिक लक्षण (Physical characteristics) का आधारमा माटोको अवस्था र भिरालोपन विश्लेषण गरिएको छ । बैजनाथ गाउँपालिकामा भू–बनाेट, पारिस्थितिक प्रणाली तथा भू–स्खलन जस्ता तत्वका आधारमा भूमिको वर्गीकरणलाई हेर्दा गाउँपालिकाको जमिनमा समथर जमिनको प्रधानता रहेकोले भिरालोपनको विषमता नरहेको पाइन्छ ।

अ) Slope ०°–५° (माटोको गहिराई पर्याप्त भएको, पानीको निकास राम्रो हुने गरी कान्ला बनाई खेती गर्न सकिने)

यस्तो जमिनमा माटोको गहिराई पर्याप्त हुन्छ र पानी सतहमा तथा अर्ध भूमिगत अवस्थामा समेत सजिलै निकास हुन्छ । मनसुनी खेती गर्नका लागि यस्तो भूमिमा गह्राहरू बनाउनु पर्दछ । सतहगत जलप्रवाह एवं अर्धभूमिगत पानीको निकासलाई भू–क्षय हुन नपाओस् भनी नियन्त्रणका उपायहरू अपनाउनु पर्दछ । माटोका भौतिक गुणहरू तथा जमिनको भिरालोपनका कारण वर्षाको पानीबाट नयाँ खोल्सीहरू बन्ने र ती खोल्सीहरू प्रकारान्तरमा चौडा हुँदै गएर भू–क्षयको प्रवृत्ति बढ्ने हुनाले यस वर्गको जमिनको संरक्षण गर्न विशेष ध्यान दिनु पर्दछ ।

यस वर्गको जमिनमा परम्परागत माध्यम वा आधुनिक विधिबाट खेती गर्न सकिन्छ । मनसुनको समयमा हुने वर्षाका कारण चरन तथा वनस्पतिलाई पनि मनग्य फाइर्दा पुग्दछ । यस्तो जमिनमा धान खेती गर्न सकिन्छ । सिँचाइर् सुविधा उपलब्ध भएको छ । माटो दानादार भएको अवस्थामा समेत धानबाली लगाउन सकिन्छ । सिँचाइर् भएमा हिउँदे एवं वर्षे बाली पनि लगाउन सकिन्छ ।