बैजनाथ

५.४.२ युवा क्लब सम्बन्धी विवरण

५.४ युवा, खेलकुद तथा मनोरञ्जन

५.४.१ खेलमैदान, पार्क, पिकनिक स्थल तथा मनोरञ्जनस्थल सम्बन्धीे विवरण

खेलकुद क्षेत्रमा स्वस्थ, प्रतिस्पर्धा जनशक्ति उत्पादन गरी गाउँपालिकाको खेल अनुशासन र खेलकुद विकासलाई बल प्रुयाउन सकिन्छ भन्ने मान्यता अनुसार यस गाउँपालिकामा खेलकुदको विकास भएको पाइन्छ । गाउँपालिकामा ११ स्थानमा खेल मैदान रहेका छन् साथै यि खेल मैदानहरुको अवस्था सामान्य रहेको छ । समग्रमा भन्नुपर्दा बालबालिका एवं युवा जनशक्तिको स्वस्थ शारीरिक विकासको लागि नभई नहुने खेलकुदको क्षेत्रमा अत्यन्त न्यून लगानी हुने गरेको देखिन्छ । विगतमा निर्मित खेलकुद सम्बन्धी पूर्वाधारहरूको मर्मत गर्न निकै ठुलो लगानी गर्नुपर्ने आवश्यकता देखिएको छ ।

गाउँपालिकामा मनोरञ्जनको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलकुद मैदानहरू नभएपनि भलिबल तथा फुटबल मैदानहरू खुल्ला जमिन, चौर, पार्कहरूमा यहाँका मानिसहरूले मनोरञ्जन लिने गरको पाइन्छ तर ती खुला जमिन, चौर तथा खेलमैदान व्यवस्थित मैदानको रुपमा विकसित भइसकेको छैन् । यहाँका किसानहरू धेरै समय आफ्नो खेत बारीमा बिताउने गर्दछन् भने फुर्सदको समयमा उनीहरू त्यहाँको स्थानीय प्रकृतिमा रमाउने र आफ्नो पहुँचमा रहको मनोरञ्जनका क्रियाकलापहरू गर्ने गरेको पाइन्छ । गाउँपालिकामा रहेका खेलकुद मैदान सम्बन्धी विवरण तालिकामा उल्लेख गरिएको छ ।

तालिका नं. ६० – पार्क, गार्डन तथा खेल मैदान सम्बन्धी विवरण

क्र.सं.खेलमैदानठेगाना
मेडिकल कलेज खेलमैदानवडा न १
च्याँमा खेलमैदानवडा न १
गाभर खेलमैदानवडा न १
लायन्स पार्कवडा न १
५.बैरहवा खेलमैदानवडा न ३
६.बनखेत खेलमैदानवडा न ३
७.प्लानचौर खेलमैदानवडा न ३
८.सुतैया खेलमैदानवडा न ३
९.चिल्ड्रेन पार्कवडा न ४
१०.पिकनिक पार्कवडा न ४
११.शिवालय खेलमैदानवडा न ५
१२.नवदुर्गा वन पिकनिकस्थलवडा न ५
१३.न्यु हरियाली खेलमैदानवडा न ६
१४.अठाईस घर खेलमैदानवडा न ६
१५.ईमिली टोल खेलमैदानवडा न ६
१६.पुष्पलाल स्मृति पार्कवडा न ६
१७.गौथली बाल उद्यानवडा न ६
१८.मानसरोवर बोटानिकल गाडर्नवडा न ६
१९.बैजनाथ बाटिकावडा न ७
स्रोतः गाउँ कार्यपालिकाको कार्यालय

गाउँपालिकामा रहेका पार्क तथा उद्यानहरू सार्वजनिक सम्पत्तिहरू हुन् । गाउँपालिकाको पर्यावरणीय प्रणालीलाई सुरक्षित गरी हरित क्षेत्रलाई प्रवर्द्धन गर्न यी क्षेत्रहरूको संरक्षण गर्नु आवश्यक छ । दैनिक नियमित कामकाजबाट पर रही मानसिक स्फूर्ति र स्वच्छताका लागि मनोरञ्जनको आवश्यकता पर्दछ । मनोरञ्जनका विभिन्न उपायहरू मध्ये स्वच्छ तथा प्राकृतिक वातावरणमा रमाउने तथा वनभोज गर्ने चलन सर्वव्यापी र प्राचिन चलन हो ।

सार्वजनिक सम्पदाको रुपमा रहेका उद्यान, पार्क तथा खेलमैदानहरूको दिगो रुपमा संरक्षण विकास र विस्तार गर्न सके गाउँपालिकाको विकास र विस्तार हुँदै जाँदा यी क्षेत्रहरू पर्यावरणीय महत्वका हिसाबले अत्यन्त आवश्यक र महत्वपूर्ण हुन्छन् । यी क्षेत्रहरूले हरित क्षेत्रको रुपमा विश्रामस्थल तथा गाउँपालिकाको प्राकृतिक सुन्दरता कायम गर्न सहयोग गर्दछन् ।

५.४.२ युवा क्लब सम्बन्धी विवरण

तालिका नं. ६१ – गाउँपालिकामा रहेका युवा क्लब तथा खेलकुद क्लबको विवरण

क्र.सं.युवा क्लब तथा खेलकुद क्लबको नामठेगाना
रारा वस्ती युवा क्लवबैजनाथ गापा–१ राराबस्ती
रियल युवा क्लवबैजनाथ गापा–२ कलरामपुर
न्यु शान्ति युवा क्लवबैजनाथ गापा–२ पहाडीपुर
पञ्चदेव युवा क्लवबैजनाथ गापा–३ सुतैया
देवराली सचेतना युवा क्लवबैजनाथ गापा–३ सुतैया
बागेश्वरी युवा क्लवबैजनाथ गापा–३ गाभर
जनउत्साहित युवा क्लवबैजनाथ गापा–३ सुतैया
जनसेवा युवा क्लवबैजनाथ गापा–४ नौलापुर
न्यु शान्ति स्पोर्ट्स युवा क्लवबैजनाथ गापा–४ सिमलघारी
१०डायनामिक युवा क्लवबैजनाथ गापा–४ नौलापुर
११शिवालय युवा क्लवबैजनाथ गापा–५ जी गाउँ
१२आदर्श युवा क्लवबैजनाथ गापा–५ जी गाउँ
१३सगरमाथा युवा क्लवबैजनाथ गापा–५ बनकट्टी
१४एभरग्रीन युवा क्लवबैजनाथ गापा–६ इमिलीटोल
१५अन्नपुर्ण युवा क्लवबैजनाथ गापा–६ एच गाउँ
१६न्यु जर्नी युवा क्लवबैजनाथ गापा–६ लालपुर
१७ओजरिया शित्तर परिवारबैजनाथ गापा–७ पेडारी
१८बैजनाथ युवा स्पोट्स क्लवबैजनाथ गापा–७ पेडारी
१९नवज्योति युवा क्लवबैजनाथ गापा–७ परसुरामपुर
२०मितेरी युवा क्लवबैजनाथ गापा–८ पिपरी
२१भगवती युवा क्लवबैजनाथ गापा–८ हंसनापुर
स्रोतः गाउँकार्यपालिकाको कार्यालय