बैजनाथ

७.१.४ बसपार्क तथा बस िबसौनी सम्बन्धी विवरण

७.१ यातायात पूर्वाधार

७.१.१ सडक सञ्जालको विद्यमान अवस्था

कुनै पनि स्थानको भौतिक विकासको निम्ति सडक सञ्जाल प्रारम्भिक शर्त हो । सम्पूर्ण सुविधा सम्पन्न सडक यातायातको विकाससँगै समग्र विकासको ढोका खुल्दछ । स्थानीय तहको हकमा वडा केन्द्रहरूलाई पालिका केन्द्रसँग जोड्नु तथा पालिका केन्द्रलाई जिल्ला सडक हुँदै राष्ट्रिय राजमार्ग प्रणालीमा जोड्नु आवश्यक हुन्छ । पालिकाबस्तीहरूमा कृषि सडकहरूको विकास र स्तरोन्नति मार्फत् कृषि उत्पादनहरूको बजारीकरण गरी जनताको आर्थिक अवस्थालाई मजबुत बनाउन सकिन्छ । सुविधा सम्पन्न सडक सञ्जालमार्फत उद्योग तथा पर्यटन क्षेत्रको विकास गरी आर्थिक क्रान्ति सम्भव छ । यसको अलावा धार्मिक क्षेत्रहरूमा सडक सञ्जालमार्फत पहुँच प्रुयाएर आन्तरिक तथा बाह्य पर्यटकहरू आकर्षित गर्न सकिन्छ ।

२०५० को नक्शाङ्कन कार्य गर्ने समयसम्म नेपालका पहाडी क्षेत्रमा सडकको अवस्था निकै कमजोर थियो । तर, २०४६ को आम परिवर्तन पछि स्थानीय निकायलाई राष्ट्रिय कोषबाट रकम बिनियोजन गर्ने परिपाटी भए अनुसार ग्रामीण क्षेत्रमा पनि सडक बिस्तारको कार्यले गति लिन थाल्यो । तत्पश्चात सडक सञ्जालको बिस्तारमा ग्रामीण क्षेत्रले पनि फड्को मारेको छ । तर, दुर्गम पहाडी भू–भागका कारण कतिपय त्यस्ता स्थलगत संरचनाको नक्शाङ्कन कार्य हुन नसकेको र तथ्यगत सूचनाको अभावमा ती क्षेत्रहरूमा के कति सडक सञ्जालको बिस्तार भएको छ भन्ने एकिन तथ्याङ्क उपलब्ध छैन् ।

यस गाउँपालिकामा हवाई यातायातको सहज पहुँच रहेको छ । पालिकासँग सन्निकट रहेको नेपालगञ्ज विमानस्थलबाट दैनिक आन्तरिक उडानहरु हुने गर्दछन् । यसका अलावा यहाँ सडक यातायातका लागि राष्ट्रिय राजमार्गहरु पुर्व–पश्चिम राजमार्ग, तथा रत्न राजमार्ग सँग पनि सहज पहुँच रहेको छ । यहाँका प्रमुख सडकहरु मध्ये ३ किलोमिटर कालो पत्रे सडक सम्पन्न भएको छ भने २ किलोमिटर सडक (कालो पत्रे) निर्माणाधिन अवस्थामा रहेको छ यसैगरि ग्रावेल सडक ४ किलोमिटर सम्पन्न भएको छ भने २ किलोमिटर निर्माणाधिन अवस्थामा रहेको छ यसकासाथै नयाँ ट्रयाक खोल्ने काम २ किलोमिटर निर्माणाधिन अवस्थामा रहेको देखिन्छ । सडक तथा यातायातको विकासले उत्पादकत्व वृद्धि गर्ने, स्वास्थ्य तथा शिक्षा सेवामा पहुँच प्रुयाउने, रोजगारी सिर्जना गर्ने, गरिबी न्यूनीकरण गर्ने तथा आर्थिक तथा सामाजिक विकासमा टेवा प्रुयाउँछ । तसर्थ, गाउँपालिकाले योजनाबद्ध एवं व्यवस्थित तवरले कार्यान्वयन गरी सडक सञ्जालको विस्तार तथा स्तरोन्नति गर्दै गइरहेको छ ।

७.१.२ गाउँपालिका क्षेत्रभित्र चल्ने सवारी साधन

हाल आएर नेपालका शहरी क्षेत्र र बजार केन्द्रहरूमा सडक यातायात अन्तर्गत लामो दुरीमा बस, मिनिबस तथा हायस, माईक्रो बस सञ्चालनमा आएका पाइन्छन् भने छोटो दुरीमा अटोरिक्सा, ई–रिक्सा, मिनिबस, माईक्रोबस र मोटरसाईकल, साईकल, टेम्पो, कार, टाङ्गा लगायतका सवारी साधन रहेका छन् । यी सवारी साधनहरू मध्ये कतिपय निजी र कतिपय सार्वजनिक हुन्छन् ।

कुनै पनि क्षेत्रको आर्थिक सामाजिक विकासलाई गतिशील बनाउन सार्वजनिक वस्तु तथा सेवा प्रवाहलाई सरल र सहज बनाउन कृषि तथा गैरकृषि क्षेत्रको विकास गर्न यातायात एउटा महत्वपूर्ण पूर्वाधारको रुपमा रहेको हुन्छ । यस गाउँपालिकामा मुख्यतया ट्रक, ट्रेक्टर, जिप, बस, मोटरसाइकल, अटोरिक्सा, ई–रिक्सा, मिनिबस, टाङ्गा, साईकल, इिभी गाडीहरूको उपयोग गरिएको देखिन्छ । गाउँपालिकाका सबै वडाहरूमा बाह्रै महिना सुचारु हुने गरी सडक मार्गहरूको स्तरोन्नति गर्नुपर्ने देखिन्छ । साथै सडक यातायातको लागि आवश्यक विभिन्न पूर्वाधारहरू जस्तैः सवारी साधन पार्किङ स्थल, बस स्टप, यात्रु प्रतिक्षालय, सडक बत्ती, सडक संकेत/चिन्ह, बसको अन्तिम बिसौनी सम्बन्धी सेवा सुविधाहरू व्यवस्थित रुपमा विकास गर्नुपर्ने देखिन्छ । विभिन्न स्थान र भौगोलिक क्षेत्रमा बस्ने जनताहरूको बिचमा आपसी सम्पर्क स्थापनाका लागि सार्वजनिक यातायातलाई सहज, प्रभावकारी, सुलभ र नियमित तुल्याउन रुटहरूको विकास जरुरी हुन्छ । विभिन्न रुटहरूमा यातायात सेवा सञ्चालनमा आएको खण्डमा यसले विभिन्न समुदाय र क्षेत्रलाई एक आपसमा जोडेर जनताको बिचमा एकताको भावना स्थापित गर्दछ ।

७.१.३ झोलुङ्गे पुल तथा पुलपुलेसा

पछिल्लो तथ्याङक अनुसार यस गाउँपालिकामा जम्मा २५ वटा पुल रहेका छन भने १८ वटा मोटरेबल पुल, र ४ वटा झोलुङ्गे पुल, २ वटा काठे पुल, रहेका छन् भने १ वटा ट्रष्ट पुल रहेका छन् । जसको विस्तृत विवरण तालिकामा प्रस्तुत गरिएको छ ।

तालिका नं. ७० – गाउँपालिकामा रहेका मोटरेपुल तथा झोलुङ्गे पुलको विवरण

क्र.नं.मोटर/झोलुङ्ग पुलको नामझोलुङ्गे/पक्की/काठे/ट्रष्ट पुलठेगानालम्वाई (मि.)
बुका पुलपक्कीवडा नं. १
जब्दहवा कुलो पुलपक्कीवडा नं. २१२
झोलुङ्गे पुल (मानखोला)झोलुङ्गेवडा नं. २१२०
गावर पुलझोलुङ्गे
मकैवारी पुलझोलुङ्गे
चौखेली पुलझोलुङ्गे
मपुवा पुलपक्की
ठुलो कुला पुलपक्की
राजीपुर कजवे पक्की पुलपक्की
१०डिगिया कुलो पुलपक्कीवडा न २१७ मिटर
११पुलचोक पुलपक्कीवडा न ३११
१२कोटिया पुलपक्कीवडा न ३२०
१३कक्रहवा पुलपक्कीवडा न ३
१४जेठी नाला पुलकाठे पुल
१५जेठी नाला ट्रष्ट पुलट्रष्ट पुलवडा न ४३१
१६पेडारी नाला पुलपक्कीवडा न ४१२
१७ईट्टा नाला पुलपक्कीवडा न ४१०
१८औँसे पुलपक्कीसम्झना/चाँदनी७५ मि.
१९मानखोला पुलपक्कीपेडारी३ मि.
२०पलौटीपुर पुलपक्कीपेडारी२.५
२१दुन्द्रा नाला पुलपक्कीखजुरा
२२भगारी नाल पुलपक्कीपेडारी२.५
२३गाउँतरिया पुलपक्कीपेडारी२.५
२४घोघवा नाला काठे पुलकाठेलुन्द्री
२५मदनिया पुलपक्कीमदनिया१०
चित्रण

स्रोतः गाउँ कार्यपालिकाको कार्यालय, २०८२

७.१.४ बसपार्क तथा बस िबसौनी सम्बन्धी विवरण

बिजुली, पानी, यात्रु, प्रतिक्षालय, शौचालय, पब्लिक मोबाइल चार्जिङ स्टेशन लगायतका सुविधाहरू भएका बसपार्कको निर्माण गरी जनताको अवागमनलाई सहज बनाउन सकिन्छ । विकसित मुलुकहरूको अभ्यास हेर्दा बसपार्कहरूमा हेल्प डेस्क लगायत शान्ति सुरक्षाको उचित प्रबन्ध मिलाएको पाइन्छ । सुविधा सम्पन्न र सुरक्षित बसपार्कहरू निर्माण भएको खण्डमा यातायात सेवाको गुणस्तर वृद्धि हुन्छ । बसपार्कमा बनाइने संरचनाहरू अपाङ्गतामैत्री हुनुपर्दछ । यस गाउँपालिकामा बसपाकर् तथा बस बिसौनी रहेता पनि व्यवस्थित हुन नसकेको अवस्था छ । यसैगरी गाउँपालिकाका मुख्य बजार क्षेत्रहरू बस बिसौनीको रुपमा रहेका छन् । यहाँ यात्रु प्रतिक्षालय तथा शौचालयको अभाव रहेको छ ।