बैजनाथ

५.३.२ शौचालयको प्रयोगको अवस्था

५.३ खानेपानी तथा सरसफाई

६०७
पाइप धारा (घरपरिसर भित्र)
९४५
पाइप धारा (घरपरिसर बाहिर)
१४१९६
ट्युवेल/हेन्डपम
११
ढाकिएको ईनार/कुवा

स्वच्छ पानी तथा सरसफाई मानवीय स्वास्थ्य लाई प्रभाव पार्ने प्रमुख तत्वहरू भएको र दिगो विकास लक्ष्यको लक्ष्य नं. ६ ले खानेपानी तथा सरसफाईलाई सुनिश्चितता गर्नुका साथै नेपालको संविधानले पनि खानेपानी तथा सरसफाई सुविधालाई नागरिकको मौलिक हकको रुपमा व्याख्या गरेको हुनाले स्वस्थ नागरिक उत्पादनमा योगदान प्रुयाउन गुणस्तरीय खानेपानी र सरसफाईको क्षेत्रलाई उच्च प्राथमिकतामा राखी थप खानेपानी आयोजनाहरू निर्माण गर्नुपर्ने साथै वैज्ञानिक विधिहरूको प्रयोग गरी फोहोरमैला व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको छ ।

५.३.१ खानेपानीको श्रोतको विवरण

तालिका नं. ५७ – खानेपानीको मुख्य श्रोतको आधारमा घरपरिवारको विवरण

वडा नं.पाइप धारा (घरपरिसर भित्र)पाइप धारा (घरपरिसर बाहिर)ट्युवेल/हेन्डपमढाकिएको ईनार/कुवानढाकिएको खुला ईनार/कुवामूल धारानदी/ खोलाजार/ वोत्तलअन्यजम्मा
१२०१४७१४९९१५३२३८२२०३१
१०८६८२००३५९२९२२७२
६३५४१९२७१२४१२१०१
३४१९८१८०७११२६५७२१४१
५११०१२२४५६४२४६९
५८३९२१२३१२८०२३१७
५७२१४४६९७४५
११६१२४२१२३११२३९३
जम्मा६०७९४५१४१९६११५७२४२२३३१७५१६४६९
प्रतिशत३.६९५.७४८६.२००.०७०.३५१.४७०.०२१.४११.०६१००
स्रोतः राष्ट्रिय जनगणना, २०७८
चित्रण

यस गाउँपालिकामा रहेका १६,४६९ घरपरिवारहरू मध्ये सामान्यतया धेरैजसो धारा/पाइप (घरपरिसर भित्र) को पानी पिउने परिवारको संख्या ६०७ अर्थात ३.६९ प्रतिशत यसैगरी, धारा/पाइप (घरपरिसर बाहिर) बाट पिउनेको संख्या, ९४५ अर्थात ५.७४ प्रतिशत रहेको छ । सामान्यतया धेरैजसो घरपरिवारले ट्युवेल/हेण्डपम्पबाट पानी पिउनेको संख्या १४,१९६ अर्थात ८६.२० प्रतिशत रहेका छन् । यसका साथै जार/बोतल प्रयोग गर्ने घरपरिवार संख्या २३३ अर्थात १.४१ प्रतिशत रहेका छन् । यसैगरी मूल धाराको पानी पिउने गरेका घरपरिवार संख्या २४२ अर्थात १.४७ प्रतिशत, नदी/खोलाको पानी पिउनेको संख्या ३ अर्थात ०.०२ प्रतिशत, नढाकिएको इनारको पानी पिउनेको संख्या ५७ अर्थात ०.३५ रहेको छ भने ढाकिएको इनारको पानी पिउनेको संख्या ११ अर्थात ०.७ प्रतिशत रहेका छन् र अन्य पानीको स्रोत प्रयोग गर्ने परिवारको संख्या १७५ अर्थात १.०६ प्रतिशत रहेको छ । जसको वडागत रुपमा विस्तृत विवरण तालिकामा प्रस्तुत गरिएको छ ।

Sustainable Development Goals Status & Roadmap: २०१६–२०३० का अनुसार (SDG– 6) आधार वर्ष २०१५ मा सुरक्षित पिउने पानी उपभोग गर्ने जनसंख्या १५ प्रतिशत मात्र देखिन्छ । दिगो विकास लक्ष्य अनुगमन ढाँचा समेत उल्लेख भएको उक्त दस्तावेज अनुसार यो जनसंख्या क्रमशः वृद्धि गर्ने अपेक्षा गरिएको छ । जसअनुसार २०१९ मा ३५ प्रतिशत, २०२२ मा ५० प्रतिशत, २०२५ मा ६५ प्रतिशत हुँदै सन् २०३० सम्म सुरक्षित पिउने पानी प्रयोगकर्ता कूल जनसंख्याको ९० प्रतिशत हुने महत्वाकांक्षी लक्ष्य राखिएको छ । उक्त राष्ट्रिय लक्ष्य प्राप्तिमा टेवा प्रुयाउन तथा आम जनसाधारणको जनस्वास्थमा सुधार गर्न पानी प्रयोग गर्दा पानीको उपयुक्तताको परीक्षण र सुरक्षाको उपायहरूबारे व्यापक जनचेतना फैलाउनुपर्ने देखिन्छ ।

५.३.२ शौचालयको प्रयोगको अवस्था

कतिपय दुर्गम गाउँबस्तीमा अहिले पनि मानिसहरू पानीका स्रोत तथा खुला ठाउँमा दिसा पिसाब गर्ने गर्दछन् । सभ्य समाजको निम्ति यो अभ्यास असभ्यताको प्रतीक हो । खुला क्षेत्रमा गरिने मलमुत्र विर्सजनले मानिसको शरीरमा खाना, पानी र श्वासप्रश्वास मार्फत किटाणुको प्रवेश हुन्छ । त्यसकारण प्रत्येक घरमा शौचालयको निर्माण अनिवार्य आवश्यकता हो । सरकार तथा विभिन्न गैरसरकारी संस्थाहरूले हाल आएर शौचालय निर्माणलाई प्राथमिकता दिएको पाईन्छ । निजी घर तथा सार्वजनिक स्थलहरूमा हातधुने पानी सहित अनिवार्य रुपमा शौचालय हुनुपर्दछ । विपन्न समुदायका परिवारहरूले आफै शौचालय निर्माण गर्न नसकेको अवस्थामा सरकार विशेष गरी स्थानीय सरकारले शौचालय निर्माणमा अनुदान दिनुपर्ने हुन्छ ।

तालिका नं. ५८ – परिवारले प्रयोग गर्ने चर्पीको प्रकारका आधारमा परिवारको विवरण

वडा नं.फ्लस भएको (सार्वजनिक ढल)फ्लस भएको (सेप्टिक ट्याङ्क)खाल्डे चर्पीसामुदायिक चर्पीचर्पी नभएकोजम्मा
२४६४७१३०७४५२०३१
३४३८०१८०५४६२२७२
४१११५८४१३८५२१०१
१२१३७७६९६४८२१४१
२२८५११५३४५९२४६९
१५६४२१५९५५८२३१७
५२१९४४३१६२७४५
८८६२८१५४७२६१०४२३९३
जम्मा२५५५१३०१०४९९७८५०७१६४६९
प्रतिशत१.५५३१.१५६३.७५०.४७३.०८१००
स्रोतः राष्ट्रिय जनगणना, २०७८
चित्रण

गाउँपालिकामा कुल घरपरिवारहरू मध्ये सबैभन्दा धेरै १०,४९९ अर्थात ६३.७५ प्रतिशतले खाल्डे चर्पी, ५,१३० अर्थात ३१.१५ प्रतिशतले फ्लस भएको (सेप्टि ट्याङ्क), २५५ अर्थात १.५५ प्रतिशतले फ्लस भएको (सार्वजनिक ढल), ७८ अर्थात ०.४७ प्रतिशतले सामुदायिक चर्पी र ५०७ अर्थात ३.०८ प्रतिशतले भने चर्पीको प्रयोग नगरी खुल्ला स्थानहरुमा दिसा पिसाब गर्ने गरेको देखिन्छ । जसको वडागत विस्तृत विवरण तालिकामा उल्लेख गरिएको छ ।

५.३.३ सार्वजनिक शौचालयको विवरण

निजी घर तथा सार्वजनिक स्थलहरूमा हात धुने पानी सहित शौचालय हुनुपर्दछ । विपन्न समुदायका परिवारहरूले आफै शौचालय निर्माण गर्न नसकेको अवस्थामा स्थानीय सरकारले शौचालय निर्माणमा अनुदान दिनुपर्ने हुन्छ । यस गाउँपालिकाको घर आँगन, सडक, बजार तथा सार्वजनिक क्षेत्रहरुलाई सरसफाई युक्त बनाउनका लागि विभिन्न स्थानहरुमा सार्वजनिक शौचालयहरु निर्माण भएका छन् । सार्वजनिक शौचालयहरुलाई सरसफाई युक्त राख्नका लागि टोल स्वास्थ्य समिति तथा गाउँपालिकाले महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्दछ । सार्वजनिक शौचालय प्रयोग गरे बापत केही शुल्क लिई शौचालयहरु सरसफाई र व्यवस्थापनमा खर्च गर्न सकिन्छ यसका साथै घर आँगन, बजार, सडकहरु सफा रहन्छन् भने गाउँपालिकाको राजश्वमा समेत केही टेवा प्रुयाउन सकिन्छ । यस गाउँपालिकामा पर्याप्त संख्यामा सार्वजनिक शौचालयहरु नभए तापनि भएका सार्वजनिक शौचालयको विवरण तालिकामा उल्लेख गरिएको छ ।

तालिका नं. ५९ – सार्वजनिक शौचालयको विवरण

क्र.सं.शौचालय रहेको स्थानवडा नं.संख्या
१.चिसापानी
२.बैरहवा
३.पानी टंकी
चित्रण

स्रोतः गाउँ कार्यपालिकाको कार्यालय

५.३.४ फोहोर व्यवस्थापन सम्बन्धी घरपरिवारको विवरण

विशेष गरी शहरी क्षेत्र र बजार केन्द्रहरूमा जनघनत्व बढी हुने भएका कारण मानव उत्सिर्जित तथा उद्योगधन्दा र कलकारखानाबाट निस्कने फोहोरले बस्तीको सौन्दर्यलाई विरुप पार्नुको साथै सार्वजनिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्दछ । यस्तो अवस्थामा सरकार तथा समुदाय दुवैको तर्फबाट फोहोर व्यवस्थापन प्रणालीलाई दीर्घकालीन रुपमा सम्बोधन गर्नुपर्दछ । फोहोरले स्वास्थ्य र सौन्दर्य दुवैलाई हानी गर्दछ भन्ने कुरा हृदयंगम गर्दै फोहोरको समुचित व्यवस्थापन गर्नु आवश्यक छ । कतिपय कुहिने प्रकृतिको फोहोरबाट प्राङ्गारिक मल पनि बनाउन सकिन्छ । गाउँपालिकाले योजना बद्ध रुपमा फोहोरमैला व्यवस्थापनको कार्यथालनी नगरेता पनि स्थानीयहरुले कुहिने र नकुहिने फोहोरको परम्परागत ढंगले व्यवस्थापन गर्दै आइरहेका छन् ।

फोहोर व्यवस्थापनमा देखिएका समस्याहरू :

हाल यस गाउँपालिकामा देखिएका समस्याहरू देहाय बमोजिम रहेको छ :

  • फोहोर व्यवस्थापनका नाममा फोहोरहरू खोला–खोल्साका होचा भागमा अनियन्त्रित तरिकाले फाल्ने प्रवृति यत्रतत्र देखिन्छ । यसरी फालिएको फोहोर वर्षातका समयमा पानीले बगाएर खोला खोल्सा तथा नदीका तल्लो भाग सम्म प्रुयाएर प्रदुषणलाई िवस्तारित गर्दछ ।
  • जमिनका होचा भाग पानीका स्रोत पनि हुने भएका र तिनै पानी सतहमा देखिने एवं जमिनको भित्र पानी छिरेर जाने हुँदा होचा भागमा फालिएको फोहोरले सतहको पानी तथा जमिन भित्रको पानी समेतलाई प्रदुषित गर्दछ ।

फोहोरमैला व्यवस्थापनमा ध्यान दिनुपर्ने कुराहरू :

  • भान्छा कोठाबाट निस्केको फोहोरलाई कुहिने र नकुहिने गरी छुट्याउने ।
  • कुहिनेलाई मलमा प्रयोग गर्न तालिम तथा हरेक घरधनीलाई उत्प्रेरित गर्ने कार्यक्रम गाउँपालिकाले गर्ने ।
  • नकुहिने फोहोरलाई पुनः विभिन्न तहमा छुट्याउने जस्तै काठ, प्लाष्टिक, धातु, सीसा । यी फोहोरलाई आवश्यकतानुसार पहिचान गरिसकेपछि पुनः प्रयोगमा आउनेलाई सम्बन्धित सेवा व्यवस्थापनतर्फ जोड दिने । यस गाउँपालिका क्षेत्रका खुला स्थान जहाँ पानीको स्रोत छैन् त्यहाँ वैज्ञानिक तवरबाट छनौट गर्न व्यवस्था गर्ने ।

५.३.५ ढल निकास तथा ल्याण्डफिल साइटको अवस्था

शहर बजार केन्द्र र एकीकृत बस्ती भएका ठाउँमा ढल निकासको राम्रो प्रबन्ध हुनु आवश्यक छ । ढल निकास पनि भौतिक विकासको एक महत्वपूर्ण पूर्वाधार हो । सडक निर्माणसँगै ढल निकासको व्यवस्थापन भएको खण्डमा सरकार पूर्वाधार विकासमा गरिने दोहोरो खर्चबाट बच्दछ । यसका अलावा मानव बस्तीबाट उत्सर्जित फोहोरलाई मानव बस्तीभन्दा निश्चित टाढाको दुरीमा ल्याण्डफिल साईट बनाएर व्यवस्थापन गर्नुपर्दछ । फोहोर रहित स्वच्छ र सफा वातावरण सभ्यताको परिचायक हो ।

गाउँपालिकाले यथोचित रूपमा ढल निकासको उचित प्रबन्ध गर्न सकेको छैन । यद्यपि शहरी विकास योजना निर्माण गरी अगाडि बढ्न गाउँपालिका प्रतिबद्ध रहेको छ । फोहोरमैला व्यवस्थापनका लागि गाउँपालिका क्षेत्रमा निश्चित ल्याण्डफिल साइटको व्यवस्था हुन सकेको छैन ।

५.३.६ घरपरिवारविहिन बालबालिकाको अवस्था

नेपालको संविधानको धारा ३९ अन्तर्गत उपधारा ९ बमोजिम मौलिक हकमा, असहाय, अनाथ, अपाङ्गता भएका, द्वन्द्व पीडित, विस्थापित एवं जोखिममा रहेका बालबालिकालाई राज्यबाट विशेष संरक्षण र सुविधा पाउने हक हुनेछ भनी उल्लेख छ भने धारा ४३ मा आर्थिक रुपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका, असहाय एकल महिला, अपाङ्गता भएका, बालबालिका, आफ्नो हेरचाह आफै गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकलाई कानून बमोजिम सामाजिक सुरक्षाको हक हुनेछ भनी उल्लेख गरिएको छ । यसर्थ स्थानीय सरकारको रुपमा रहेको गाउँपालिकाले यस प्रकारको बेसहारा अवस्थामा रहेका बालबालिका र अन्य नागरिकलाई अनिवार्य संरक्षण गर्नुपर्ने दायित्व रहेको छ ।