बैजनाथ

३.६ जातजातीको आधारमा जनसंख्याको विवरण

३.६ जातजातीको आधारमा जनसंख्याको विवरण

३२०७३
लिङ्ग
३७३९९
प्रतिशत

गाउँपालिकामा जातजातिका आधारमा जनसंख्याको विवरणलाई हेर्दा सबैभन्दा धेरै २१,१६३ अर्थात ३०.४६ प्रतिशत थारु, दोस्रोमा २०,३५० अर्थात २९.२९ प्रतिशत क्षेत्री, तेस्रोमा ७,७६७ अर्थात ११.१८ प्रतिशत विश्वकर्मा रहेका छन् । त्यसैगरी गाउँपालिकामा मगर, ठकुरी, ब्राम्हण पहाड, परियार, सन्यासी/दसनामी, मुसलमान, गुरुङ लगायतका जातजातिहरुको बसोबास रहेको छ । यसरी जातीय हिसाबले विविधतायुक्त समाजमा स्थानीयहरू सामाजिक सहिष्णुताका साथ बसेको पाइन्छ । आफ्नो छुट्टै भाषा, संस्कृति र रहनसहन भएका नेपालको सीमान्तकृत जाति लगायत गाउँपालिकामा बसोबास गर्ने विभिन्न जातजातिको मौलिक संस्कृति, परम्परा, भाषा र रहनसहनलाई संरक्षण गरी उनीहरूको पहिचान कायम राख्ने कार्यक्रमहरूको निर्माण गर्नु आवश्यक छ । जसको विस्तृत विवरण तलको तालिकामा प्रस्तुत गरिएको छ ।

तालिका नं. ९ – जातजातीको आधारमा जनसंख्याको विवरण

जातजातिलिङ्गप्रतिशत
पुरुषमहिलाजम्मा
थारु१०२६८१०८९५२११६३३०.४६
क्षेत्री९२४२१११०८२०३५०२९.२९
विश्वकर्मा३४७५४२९२७७६७११.१८
मगर२४४८३११६५५६४८.०१
ठकुरी२१९७२६५३४८५०६.९८
ब्राम्हण–पहाड१४६२१७३२३१९४४.६०
परियार९६३१३०९२२७२३.२७
सन्यासी/दसनामी३६३४२९७९२१.१४
मुसलमान३०७३१९६२६०.९०
गुरुङ२३९३२५५६४०.८१
अन्य११०९१२२१२३३०३.३५
जम्मा३२०७३३७३९९६९४७२१००
स्रोतः राष्ट्रिय जनगणना,२०७८
चित्रण

नोट (अन्यमा)ः तामाङ्, नेवार, यादव, राई, याकथुङ्, मिजार, चमार, कुर्मी, दुसाध, ब्राहमण–तराई, कुमाल, घर्ती, शेर्पा, धोबी, लोहार, माझि, सोनार, सुनुवार, बादी, गडेरी, थकाली, कोरी, छन्त्याल, गाईने, बनियान, खातिक लगायतका जातजातिहरु बसोबास गर्दछन ।

जातजातिको विवरणलाई स्तम्भ चित्रमा समेत प्रस्तुत गरिएको छ ।