बैजनाथ

३.१० अपाङ्गताका आधारमा जनसंख्याको विवरण

३.१० अपाङ्गताका आधारमा जनसंख्याको विवरण

७६३
शारिरिक अपाङ्गता
३१६
न्युन दृष्टियुक्त
८७
दृष्टिविहिन
१६५
बहिरोपना भएका

शरीरका अङ्गहरू र शारीरिक प्रणालीमा भएको समस्याका कारण भौतिक, सामाजिक, साँस्कृतिक वातावरणका साथै सञ्चार समेतबाट सिर्जना भएको अवरोध समेतले दैनिक क्रियाकलाप सामान्य रूपमा सञ्चालन गर्न एवं सामाजिक जीवनमा पूर्ण सहभागी हुन कठिनाइर् हुने अवस्थालाई अपाङ्गता भनिन्छ । खासगरी व्यक्तिहरूमा अपाङ्गता हुने कारण आयोडिनयुक्त नुन प्रयोगको कमी, ग्रामीण क्षेत्रमा मुख नधुने समस्याका कारण उत्पन्न (Trachoma) रोग, दुर्घटना, जन्मजात, प्राकृतिक प्रकोप, कुपोषण, स्वास्थ्य उपचार नपाएर, द्वन्द्व वा युद्ध वा विस्फोटक पदार्थको प्रयोग आदि देखिएका छन् । जसलाई घटाउन प्रतिरोधात्मक र उपचारात्मक दुवै कार्यहरू गरिनुपर्दछ । अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाहरूको हक, हित र अधिकारको संरक्षण एवं सम्बर्द्धन र विकास गर्न १९ वटा क्षेत्रलाई समेटी अपाङ्ग संरक्षण तथा कल्याण ऐन, २०३९ र अपाङ्गता सम्बन्धी कार्ययोजना, २०६३ तयार गरी कार्यान्वयनमा ल्याएको छ । त्यसैगरी २०६६ पुस १२ गते नेपालले अपाङ्गता भएका व्यत्तिmहरूको अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघीय महासन्धी, २००६ लाई अनुमोदन गरेको छ ।

क) अपाङ्गताको किसिम अनुसार जनसंख्या विवरण

अपाङ्गता परिचय पत्र वितरण गर्नका लागि अपाङ्गता भएका व्यक्तिहरूलाई अपाङ्गताका आधारमा शारिरीक अपाङ्गता, दृष्टिविहीन र न्यून दृष्टियुक्त, स्वरबोलाई सम्बन्धी अपाङ्गता, सुस्त श्रवण र बहिरा, श्रवण विहिनता, मानसिक अपाङ्गता बौद्धिक अपाङ्गता, बहुअपाङ्गता गरी सात किसिमले र गार्म्भीयताका आधारमा तह क (रातो रङको परिचयपत्र), तह ख (निलो रङको परिचयपत्र), तह ग (पहेलो रङको परिचय पत्र) र तह घ (सेतो रङको परिचय पत्र) गरी चार तहमा विभक्त गरी परिचय पत्र वितरण गर्ने कार्य सुरु गरिएको छ । हालसम्म यो समुदायको सामाजिक आर्थिक अवस्थामा परिवर्तन ल्याउन केही सामान्य आयमूलक र सिपमूलक तालिमहरू सञ्चालन गरिएता पनि यिनीहरूको आत्मविश्वासलाई बढाउन र समुदायबाट हुने गरेको उपेक्षाबाट मुक्त राख्न स्थानीय स्रोतसाधन र निकायहरूमा यो समुदायको पहूँच प्रुयाउन विभिन्न कार्यक्रम सञ्चालनमा ल्याउनुपर्ने देखिन्छ । राष्ट्रिय जनगणना, २०७८ को तथ्याङ्क अनुसार गाउँपालिकामा रहेको कूल जनसंख्या मध्ये १,९४६ जना अपाङ्गता भएका व्यक्तिहरु रहेका छन् । जसमध्ये शारिरिक अपाङ्गता भएका ७६३ जना, ३१६ जना न्युन दृष्टियुक्त भएका व्यक्ति रहेका छन् । यसैगरी दृष्टिविहिन ८७ जना, बहिरोपना भएका १६५ जना, न्यून श्रवण शक्ति भएका १९५ जना, बहिरोपना र आँखा नदेख्ने १५ जना, बोल्न नसक्ने ९७ जना, मानसिक अपाङ्गता भएका ९५ जना, बौद्धिक अपाङ्गता भएका ३० जना, अनुवंशीय रक्तश्राव भएका २ जना, अटिजम भएका ९ जना तथा बहुअपाङ्गता भएका १५४ जना र उल्लेख नभएको १८ जना रहेका छन् । जसकाे विस्तृत विवरण निम्न अनुसार रहेको छ :–

तालिका नं. १४ – अपाङ्गताको किसिम अनुसार जनसंख्या विवरण

उमेर समूहशारिरिक अपाङ्गतान्युन दृष्टियुक्तदृष्टिविहिनबहिरोपना भएकान्युन श्रवण शक्ति भएकाबहिरोपन र आँखा देख्न नसक्ने दुवैबोल्न नसक्नेमानसिकबौद्धिक अपाङ्गताअनुवंशिय रक्तश्रावअटिजमबहुअपाङ्गताउल्लेख नभएकोजम्मा
०–४ वर्ष४६१२७८
५–९ वर्ष५६१२१४१०१२०
१०–१४ वर्ष३५१४९५
१५–१९ वर्ष६१२३१४१६१२१८१७३
२०–२४ वर्ष४४१३१६१४११५
२५–२९ वर्ष४५१४१३१११११०६
३०–३४ वर्ष४११४९२
३५–३९ वर्ष६९१०१११६१४१३७
४०–४४ वर्ष५९२०१०१११२६
४५–४९ वर्ष३९१९१३१००
५०–५४ वर्ष५१३५१११९१०१५०
५५–५९ वर्ष४४३१२३१५१३६
६०–६४ वर्ष३८३३१७१५१२३
६५–६९ वर्ष४८३५१२१६१०१३५
७०–७४ वर्ष४१२७१२२५१११२४
७५वर्ष माथि४६२०१६२११३१३६
जम्मा७६३३१६८७१६५१९५१५९७९५३०१५४१८१९४६
प्रतिशत३९.२११६.२४४.४७८.४८१०.०२०.७७४.९८४.८८१.५४०.१००.४६७.९१०.९२१००
स्रोतः राष्ट्रिय जनगणना, २०७८
चित्रण