बैजनाथ

४.२.१ भू–उपयोगको वितरण

४.२ भू–उपयोग तथा स्वामित्व

४.२.१ भू–उपयोगको वितरण

भूमि महत्वपूर्ण प्राकृतिक साधन हो । आर्थिक विकासको लागि यसको समुचित उपयोग गर्नु पर्दछ । भूमिलाई कृषि, आवास, सडक, पिउने पानी, सिँचाई, विद्युत तथा उर्जा, सूचना तथा सञ्चार आदिको प्रवन्धको लागि प्रयोग गर्ने गरिन्छ । यस खण्डमा विशेष गरी गाउँपालिकाको भू–उपयोग र भू–आवरणको वस्तुगत चित्रण गरिएको छ ।

नक्शा उप–महानगरपालिकाको वडा विभाजन नक्शा

यस गाउँपालिकाको वर्तमान भू–उपयोगलाई हेर्दा ५८.२५ प्रतिशत अर्थात् सबैभन्दा धेरै कृषि क्षेत्रले ओगटेको छ भने दोस्रोमा वनजंगल क्षेत्रले ३४.१५ प्रतिशत ओगटेको छ । उपलब्ध जमिनमध्ये खेतीयोग्य जमिनको अंश राम्रो रहेको छ । सम्पूर्ण खेतीयोग्य जमिनमा वैज्ञानिक कृषि प्रणाली अवलम्बन गर्न सके उत्पादनको राम्रो सम्भावना देखिन्छ । यस नगरको भू–उपयोगको अर्को उल्लेखनीय पक्ष भनेकाे यहाँको कृषिले ढाकेको क्षेत्र हो । समग्र भूभागको ५८.२५ प्रतिशत खेतीयोग्य रहनु पालिकाबासीको लागि सुखद रहेको छ । यहाँको अन्य भू–उपयोगको विस्तृत विवरण तालिकामा उल्लेख गरिएको छ :–

भू–उपयोगका क्षेत्रगाउँपालिकाको भू–उपयोगको विवरण क्षेत्रफल (वर्ग कि.मि.)क्षेत्रफल प्रतिशतमा
कृषि८२.४३५८.२५
सार्वजनिक प्रयोगको क्षेत्र०.३६०.२५
धार्मिक क्षेत्र०.०००.००
वन क्षेत्र४८.३२३४.१५
जल क्षेत्र३.५५२.५१
औद्योगिक क्षेत्र०.१८०.१२
सार्वजनिक स्थल१.३५०.९५
आवास क्षेत्र५.३३३.७७
जम्मा१४१.५०१००
चित्रण

स्रोतः GIS तथ्याङ्कमा आधारित

४.२.२ खेतीयोग्य जमिन सम्बन्धी विवरण

वैज्ञानिक र व्यवसायिक ढङ्गले भू–उपयोग नहुँदा कृषि क्षेत्रमा ठुलो घाटा व्यहोर्नु परेको अवस्था छ । पालिकामा उपलब्ध सम्पूर्ण खेतीयोग्य जमिनको वैज्ञानिक र व्यवसायिक ढङ्गले सदुपयोग हुन सकेको पाइँदैन् । खेतीयोग्य जमिनको उपलब्धता भएपनि पूर्ण सदुपयोग नहुँदा एकातर्फ जमिन बाँझो हुँदै जाने त अर्कोतर्फ कृषि उत्पादनमा कमी भई आयात गर्नुपर्ने अवस्था श्रृजना हुन सक्छ । भू–सूचना प्रणालीबाट प्राप्त तथ्याङ्क अनुसार गाउँपालिकामा ८२.४३ वर्ग कि.मि. अर्थात ५८.२५ प्रतिशत जमिन खेतीयोग्य रहेको छ ।

जमिन खेतीयोग्य भएर मात्र हुँदैन् त्यसमा सिँचाईको सुविधा हुनुपर्दछ । खेतीयोग्य जमिनमा खेतीपाती गरी पूर्ण सदुपयोग गर्न त्यसमा सिँचाईको सुविधा प्रुयाउनु अनिवार्य हुन्छ । तसर्थ स्थानीय तहहरूले आफ्नो क्षेत्रमा रहेको खेतीयोग्य जमिनको यथार्थ विवरण तयार पारी त्यसमध्ये सिँचाई पुगेको र नपुगेको जमिनको समेत सही तथ्याङ्क हुनुपर्दछ । यस पश्चात सिँचाई नपुगेको जमिनमा एक वा वैकल्पिक उपायले सिँचाई प्रुयाउन प्राथमिकता केन्द्रीत गर्नु आवश्यक हुन्छ ।

४.२.३ बाँझो जमिन सम्बन्धी विवरण

पालिकामा कतिपय क्षेत्रहरू प्रयोगहीन अवस्थामा बाँझो जमिन रहेका हुन्छन् । सबै प्रकारका जमिनहरूको एक वा अर्को प्रकारले सदुपयोग गर्न सकिन्छ । जमिन आफैमा एक अमूल्य प्राकृतिक सम्पदा हो । खेती नहुने क्षेत्रमा डालेघाँस वा जडिबुटी लगाउन सकिन्छ भने उपयुक्त स्थानहरू भए खुल्ला क्षेत्र, मनोरञ्जन स्थल, पार्क वा बगैंचाको रुपमा समेत विकास गर्न सकिन्छ । खेती नहुने अवस्थामा आवास विकासका लागि समेत यस्तो जमिनको सदुपयोग गर्न सकिन्छ । यस गाउँपालिकामा सिँचाई नपुगेको जमिनहरु बाँझो अवस्थामा रहेका छन् ।