बैजनाथ

६.२ जलश्रोत तथा जलाधार क्षेत्र

६.२ जलश्रोत तथा जलाधार क्षेत्र

यस गाउँपालिकामा रहेका मान खोला लगायतका खोला नालाहरु यहाँका जलाधारका मुख्य स्रोतको रुपमा रहेका छन् । यो गाउँपालिका रहेका मान खोला, करेली खोला, पेडारी खोला, बुढी खोला, दुन्द्रा खोला, बुकी खोला, जेठी नाला लगायतका खोलाहरूको जलाधारका आधार क्षेत्र हुन यसका साथै पालिकामा नाग पोखरी, गिद्धेनी ताल, सिम्रहवा ताल, गैरी पोखरी, सिंहभवानी पोखरी, सिमगैरा पोखरी, सुतैया ताल लगायतका पानीका मूख्य स्रोतका रूपमा रहेका छन् ।

६.२.१ प्रमुख नदी तथा खोलाहरू

गाउँपालिकाका विभिन्न भौगोलिक क्षेत्र तथा वडाहरूमा फैलिएर रहेका खोलानालाहरूले प्रशस्त जलभण्डार गर्नुका साथै विभिन्न किसिमका जलचरहरू र पन्छीहरूलाई सुरक्षित बासस्थानको रुपमा आश्रय दिइरहेको पाइन्छ । साथै यस्ता खोलाहरूबाट पशुहरूले पानी पिउने र किसानहरूले समेत बेलाबखत आंशिक रुपमा सिँचाईको लागि पानीको प्रयोग गरेको देखिन्छ । मानव बस्तीको विकास र बसाइँसराईको चापका साथै अनुत्पादक पशुहरूको अत्याधिक चरीचराउ र उपयोगले प्राकृतिक नदी/खोलामा भू–क्षय भई पुरिने क्रम जारी छ ।

नक्शा गाउँपालिकाको स्वास्थ्य क्षेत्र नक्शा

तालिका नं. ६७ – गाउँपालिकामा भएका खोलानालाहरूको विवरण

क्र.स.पालिकामा रहेका नदी तथा खोलाहरुठेगाना
१.मान खोलावडा नं.–१,२,६
२.करेली खोलावडा नं.–१,२
३.जेठी खोलावडा नं.–२,३,४,५,६,८
४.पेडारी खोलावडा नं.– ५,७
५.कान्छी खोलावडा नं.–५
६.बुढी खोलावडा नं.– ५,७
७.दुन्द्रा खोलावडा नं.– ७
८.बुकी खोलावडा नं.– ६
९.जहदरीयावडा नं.–२
स्रोतः गाउँकार्यपालिकाको कार्यालय

तालिका नं. ६८ – गाउँपालिकामा भएका, ताल, पोखरी, सिमसार क्षेत्रहरूको विवरण

क्र.सं.तालतलैया, पोखरी र सिमसार क्षेत्रको नाम(पोखरीहरुको संख्या )वडा नं.
१.कनुवा ताल
२.गिद्धेनी ताल
३.सिम्रहवा ताल
४.नर्कट सिमसार
५.मध्वर्ती सिमसार
६.गिद्धेनीचौर सिमसार
७.सिम्रहवा ताल
८.सुतैया ताल
स्रोतः गाउँकार्यपालिकाको कार्यालय
चित्रण