बैजनाथ

४.१.७ सुकुम्बासी सम्बन्धी विवरण

४.१ प्रमुख आर्थिक विवरण

१५९०७
निजी
४१७
भाडामा
६२
संस्थागत
८३
अन्य (खुलाउने)

आर्थिक सम्बृृद्धिका आधारहरू गाउँपालिकामा हुने मुख्य आर्थिक क्रियाकलापहरू नै हुन््् । जति आर्थिक क्रियाकलापहरूमा तीब्रता आउँछ त्यति नै गाउँपालिकाको अर्थतन्त्र चलायमान र सुदृढ हुँदै जान्छ । मुख्यतया: नेपाली अर्थतन्त्र कृषि, पर्यटन, साना तथा घरेलु उद्योग, वैदेशिक रोजगार, बैङ्किङ, व्यापार, सेवा क्षेत्र आदिमा केन्द्रीत छ । उच्च प्रविधिमा आधारित अन्तराष्ट्रियस्तरका उद्योगहरूको विकास भइर् नसकेको अवस्थामा धेरै जसो आर्थिक क्रियाकलापहरू निर्वाहमूखी नै रहेका छन् ।

४.१.१ आर्थिक कामको औद्योगिक क्षेत्र वर्गीर्करण अनुसारको जनसंख्या

तालिका नं. २२ – आर्थिक रुपले सकृय जनसंख्याको मूख्य औद्योगिक क्षेत्र अनुसारको विवरण

आर्थिक कामको क्षेत्र वा उद्योगकामको अवधि
६ महिना वा सो भन्दा बढी३ देखि ५ महिना१ देखि २ महिनाजम्मा
कृषि वन तथा पशुपालन१५५९४३१५९१८११२०५६४
खानी तथा उत्खनन्१३१७
औद्योगिक उत्पादन७३३५७१४८०४
विद्युत ग्याँस वाफ तथा वातानुकुलित सेवा८४८९
पानीको आपूर्ति ढल निकास, फोहोर व्यवस्थापन५८६७
निर्माण३१५४१०४२६९४४८९०
थोक एवं खुद्रा व्यापार१८७६१००७१३२८४२११
यातायात तथा भण्डारण७५९३१७९८
आवास तथा भोज सम्बन्धी कृयाकलाप३७१४४१२४२७
सूचना तथा सञ्चार४७५३
घरजग्गा कारोबारका लागि२६२२६९
पशुचिकित्सा तथा पशुस्वास्थ्य सम्बन्धी१७२१
पेशागत, वैज्ञानिक तथा प्राविधिक कृयाकलापहरु९१९६
प्रशासनिक तथा सहयोगी सेवाका कृयाकलापहरु३४३६
सार्वजनिक प्रशासन र सुरक्षा सम्बन्धी कृयाकलाप३६५३७३
शिक्षा सम्बन्धी७८१७९१
मानव स्वास्थ्य तथा सामाजिक कार्य सम्बन्धी२३६२४३
कला मनोरञ्जनसँग सम्बन्धी५३६४
अन्य२०५४५६६०७१२६८
घर परिवारका घरायसी कृयाकलाप सम्बन्धी१३६१७१५९
बाह्य संघ संस्था तथा यसका अंगहरु सम्बन्धी१२१३
उल्लेख नभएको२०३७२४८१
जम्मा२४९०१५९०६४५२७३५३३४
स्रोत : राष्ट्रिय जनगणना, २०७८
चित्रण

गाउँपालिकामा रहेका १० वर्ष उमेर समूह माथिका कुल जनसंख्यामध्ये ३५,३३४ जनाले कुनै न कुनै किसिमको आर्थिक क्रियाकलापमा आबद्ध भइर् आर्थिक आम्दानी गरिरहेका छन् । यी मध्ये सबैभन्दा बढी कृषि वन तथा पशुपालनमा थोक एवं खुद्रा व्यापार कार्यमा २०,५६४ जना संलग्न रहेका छन् । यसैगरी निर्माण कार्यमा संलग्न हुनेको संख्या ४,८९० जना रहेका छन् भने ६ महिना भन्दा बढी आम्दानीका क्रियाकलापमा संलग्न हुनेको संख्या २४,९०१ रहेको छ, १ देखि २ महिना मात्र आर्थिक क्रियाकलापमा संलग्न हुनेको संख्या ४,५२७ रहेको छ यसका साथै ३ देखि ५ महिना मात्र आर्थिक क्रियाकलाममा संलग्न हुनेको संख्या, ५,९०६ रहेको छ । जसको विस्तृत विवरण तालिकामा प्रस्तुत गरिएको छ ।

४.१.२ आवास संरचना विवरण

क) घरको स्वामित्वको आधारमा घरधुरीको विवरण

यस गाउँपालिकामा घरको स्वामित्वको आधारमा ४ प्रकारका आवास संरचनाहरूको प्रयोग गरेको पाउन सकिन्छ । निजी स्वामित्वकाे घरमा बसोबास गरिरहेका घरधुरीहरू १५,९०७ अर्थात ९६.५९ प्रतिशत रहेका छन् । त्यसैगरी भाडामा बसोबास गर्नेको संख्या ४१७ अर्थात २.५३ प्रतिशत रहेको छ । संस्थागत घरहरूमा बसोबास गर्नेहरू ६२ परिवार अर्थात ०.३८ प्रतिशत रहेका छन् भने स्रोत नखुलेको अवस्थाका घरपरिवारहरू ८३ अर्थात ०.५० प्रतिशत रहेका छन् । भूकम्पीय दृष्टिकोणले संवेदनशील रहेको नेपालमा घरहरू निर्माण गर्दा भूकम्प प्रतिरोधात्मक बनाउनु आवश्यक छ । अति विपन्न परिवारका लागि एकीकृत बस्ती निर्माण गरी सरकारले उनीहरूको आवास सुरक्षाको अधिकार सुनिश्चित गरेको खण्डमा राज्यको लोककल्याणकारी भूमिका पुष्टी हुन्छ ।

तालिका नं. २३ – घरको स्वामित्वको आधारमा घरपरिवारको विवरण

वडा नं.निजीभाडामासंस्थागतअन्य (खुलाउने)जम्मा
१८७४१२१२७२०३१
२२१६४१२२७२
२०३३४४२०२१०१
२०३०१०५२१४१
२४१५३२१५२४६९
२२४१५७१५२३१७
७३९७४५
२३५९१२१६२३९३
जम्मा१५९०७४१७६२८३१६४६९
प्रतिशत९६.५९२.५३०.३८०.५०१००
स्रोतः राष्ट्रिय जनगणना, २०७८
चित्रण

ख) जगकाे आधारमा घरधुरीको विवरण

तालिका नं. २४ – जगको आधारमा घरधुरीको विवरण

वडा नं.माटोको जोडाइ भएको इँटा/ढुङ्गासिमेन्टको जोडाइ भएको इँटा/ढुङ्गाढलान पिल्लर सहितकोकाठको खम्बाअन्य (खुलाउने)जम्मा
६७९७८६५४४१४२०३१
१०५६७३४४११२६४५२२७२
७३७६१३४७२२७६२१०१
४६८८१४६८४१६६२१४१
९३१८०३६९५३२२४६९
६२८८२६८४३१८२३१७
३८५२६८८०१२७४५
११०७६९४५२५३४३३२३९३
जम्मा५९९१५५३८४२५४११८५६८१६४६९
प्रतिशत३६.३८३३.६३२५.८३०.७२३.४५१००
स्रोतः राष्ट्रिय जनगणना, २०७८
चित्रण

ग) बाहिरी गारोको आधारमा घरधुरीको विवरण

तालिका नं. २५ – बाहिरी गारोको आधारमा घरधुरीको विवरण

वडा नं.माटोको जोडाइ भएको इँटा/ढुङ्गासिमेन्टको जोडाइ भएको इँटा/ढुङ्गाकाठबाँसकाँचो इँटाजस्तापाताअन्यजम्मा
५६२१३३५१९९२२१२०३१
९७८११७९१११२३८५३२२७२
७०२१०९९७५२१९२१०१
३९७१४८६४४२०३२१४१
९०३१५१२११३२२४६९
६२११६६९१९२३१७
३७८३४९१०७४५
१०२९१२२९२७९६२३९३
जम्मा५५७०९८५८५२६४३७९५३७१६४६९
प्रतिशत३३.८२५९.८६०.३२०.३९२.३००.०५३.२६१००
स्रोत : राष्ट्रिय जनगणना, २०७८
चित्रण

घ) घरको भुँईको आधारमा घरधुरी विवरण

यस गाउँपालिकामा घरको भुँईको स्वामित्वको आधारमा ६ प्रकारका आवास संरचनाहरूको प्रयोग गरेको पाउन सकिन्छ । सिमेन्ट ढलानको प्रयोग गरिरहेका घरधुरीहरु ८,६२८ अर्थात् ५२.३९ प्रतिशत रहेका छन् । त्यसैगरी माटोको भुँई प्रयोग गर्ने घरधुरीको संख्या ७,०९५ अर्थात ४३.०८ प्रतिशत, इँटा/ढुङ्गाको प्रयोग गर्ने घरधुरीको संख्या ३१५ अर्थात १.९१ प्रतिशत, सेरामिक टायलको प्रयोग गर्ने घरधुरीको संख्या १७२ अर्थात १.०४ प्रतिशत, काठको फल्याक/बाँसको प्रयोग गर्ने घरधुरीको संख्या १५७ अर्थात ०.९५ प्रतिशत र स्रोत नखुलेका अवस्थाका घरधुरीहरु १०२ अर्थात ०.६२ प्रतिशत रहेका छन् । भूकम्पीय दृष्टिकोणले संवेदनशील रहेको नेपालमा घरहरू निर्माण गर्दा भूकम्प प्रतिरोधात्मक बनाउनु आवश्यक छ । अति विपन्न परिवारका लागि एकीकृत बस्ती निर्माण गरी सरकारले उनीहरूको आवास सुरक्षाको अधिकार सुनिश्चित गरेको खण्डमा राज्यको लोककल्याणकारी भूमिका पुष्टी हुन्छ । जसको विस्तृत विवरण तालिकामा प्रस्तुत गरिएको छ ।

तालिका नं. २६ – घरको भुँईको आधारमा घरधुरीको विवरण

वडा नं.माटोकाठको फल्याक/बाँसइँटा/ढुङ्गासेरामिक टायलसिमेन्ट ढलानअन्यजम्मा
६४०१९३२३८१२६०४२२०३१
११४४१३५४२११०३३२२७२
१०५१२५४६११९६३२१०१
६६४१४१३४११४०६२१४१
९७११३६२२११३९७२४६९
७५२३१४३१११४६९११२३१७
४७३१३२४३७४५
१४००२९५८२२८५७२७२३९३
जम्मा७०९५१५७३१५१७२८६२८१०२१६४६९
प्रतिशत४३.०८०.९५१.९११.०४५२.३९०.६२१००
स्रोत : राष्ट्रिय जनगणना, २०७८
चित्रण

ङ) छानोको आधारमा घरधुरीको विवरण

वडा नं.जस्ता/टिनसिमेन्ट ढलानखर/पराल/ छ्वालीटायल/खपडा/ झिँगटीढुङ्गा/स्लेटकाठ/फल्याकअन्यजम्मा
७५६१०३८३३१८९२०३१
८१५७३९३६६७१२२७२
९२५६४८१३५०६२१०१
६३०११४९३४९२१४१
८५३११६३२६४१८२४६९
७८९१२०५२३२९८२३१७
२५५२८१२०१७४५
९४९८५६६४५०२२०२३९३
जम्मा५९७२७०७९२०७३१३४४६१०२११६४६९
प्रतिशत३६.२६४२.९८१.२६१९.०३०.२८०.०६०.१३१००
स्रोत : राष्ट्रिय जनगणना, २०७८
चित्रण

४.१.३ आयात तथा निर्यातको अवस्था

कुनै पनि गाउँपालिका आर्थिक रूपले सबल हुनका लागि आयातभन्दा निर्यात बढी हुनु अनिवार्य छ । आयातभन्दा निर्यातको आयतन ठूलो हुँदा यसले व्यापार नाफा वृद्धि भई आर्थिकस्तर माथि उठ्न मद्दत गर्दछ । गाउँपालिकाभित्र उत्पादन हुने उपजहरूलाई प्रवर्द्धन गरी स्थानीयस्तरमा उत्पादन हुने उपजमा आत्मनिर्भर भई निर्यात बढाउन सकेमात्र गाउँपालिकाको आर्थिक हैसियत वृद्धि हुन सक्छ । गाउँपालिकाबाट धान, चामल, दाल, तरकारी, फलफूल, माछामासु लगायतका कृषि उपजहरु, तथा खसी, बोका, सुंगुर, बंगुर, कुखुरा लगायतका पशुजन्य उत्पादनहरू अन्य छिमेकी स्थानीय तहहरु लगायतका स्थानमा निर्यात गर्ने गरिन्छ भने अतिरिक्त खाद्य सामाग्री लत्ता कपडा, घरायसी विद्युतीय उपकरण, निर्माण सामाग्रीहरू, शिक्षण सामाग्री, रसायनिक मल, फलफूल, स्वास्थ्य औषधि तथा उपकरण जस्ता वस्तुहरूको आयात हुने गरेको छ । निर्यातभन्दा आयात बढी हुनुले गाउँपालिकाको व्यापार घाटा स्पष्ट अनुमान गर्न सकिन्छ । यद्यपि यकिन तथ्याङ्कका लागि भने गाउँपालिकाले विशेष पहलकदमी लिन जरुरी छ ।

४.१.४ औद्योगिक कच्चा पदार्थ उत्पादनको अवस्था

स्थानीय श्रोतमा आधारित कच्चा पदार्थको प्रचुरताका हिसाबले नेपाल सम्पन्न रहेतापनि यसको दिगो सदुपयोगमा भने निकै पछाडि परेको यथाथर् हामी सामु छ । हामी कहाँ उपलब्ध श्रोतहरूमा जडिबुटी, फलफूल, खाद्यान्न, तरकारी आदि पर्दछन् । यस प्रकारका कच्चा पदार्थहरूको व्यवसायिक उत्पादन र दिगो सदुपयोग गर्दा गाउँपालिकाको अर्थतन्त्रमा प्रत्यक्ष सकारात्मक योगदान पुग्दछ । साथै व्यवसायिक पशुपालनबाट पनि प्रशस्त लाभ उठाउन सकिन्छ ।

४.१.५ वैदेशिक रोजगारीमा गएकाहरूको विवरण

यस गाउँपालिकाबाट विभिन्न देशहरूमा वैदेशिक रोजगारीमा जानेहरूको संख्या ६,३३५ रहेको छ । उमेरगत रूपमा विश्लेषण गर्दा सबैभन्दा बढी १५–२४ उमेर समूहका २,३६२ जना वैदेशिक रोजगारीमा गएका छन् भने सबैभन्दा कम ६५ वर्ष माथि उमेर समूहका १९ जना वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगारीमा गएका मध्ये सबैभन्दा बढी मध्यपूर्वी देश जानेहरुको संख्या रहेको छ ।

तालिका नं. २७ – गाउँपालिकामा रहेका वैदेशिक रोजगारीमा गएका जनसंख्याको विवरण

उमेर समूहलिङ्गदेशको नामजम्मा
भारतसार्कएशियनमध्यपूर्वअन्य एशियनयुरोपअन्य युरोपउत्तर अमेरिकादक्षिण अमेरिकाअफ्रिकाप्यासिफिकअन्यनखुलाएको
०-१४ वर्षपुरुष३२२३४०
महिला११८१२६
जम्मा४४०११४६६
१५-२४ वर्षपुरुष१२७३१९४५०७३६१४१३१२२०७०
महिला२२४३४१२२९२
जम्मा१४९७१९९५४१४८१६२०१२२३६२
२५-३४ वर्षपुरुष६९५१४२८६६५१३०१२१०१७३१
महिला१४२७२२४७
जम्मा८३७१४२९५७२३३८१५१२१४१०१९७८
३५-४४ वर्षपुरुष४४३१४०२८७१३११९१५
महिला७८३८१२२
जम्मा५२११४३३२५१३१११०३७
४५-५४ वर्षपुरुष२००३१२३६
महिला३५३८
जम्मा२३५३३२७४
५५-६४ वर्षपुरुष५६५६
महिला
जम्मा६२६३
६५ वर्ष देखि माथिपुरुष१३
महिला
जम्मा१५१९
उल्लेख नभएकोपुरुष६९१४१५१००
महिला३२३६
जम्मा१०११४१९१३६
जम्मापुरुष३०६७२८६४०१५०२७२३०१११७२२२४३२१३५४६१
महिला६४११७१५३२३१०१३८७४
जम्मा३७०८३०६५७१६५५९५३५१६२७२३३७३४१५६३३५
स्रोतः राष्ट्रिय जनगणना २०७८
चित्रण

४.१.६ गाउँपालिकामा रहेका बेरोजगारहरुको विवरण

गाउँपालिकाबाट आएको पछिल्लो तथ्याङ्क अनुसार यहाँ १,६७८ जना बेरोजगार रहेको देखिन्छ ।

तालिका नं. २८ – गाउँपालिकामा रहेका वेरोजगारी जनसंख्याको विवरण

वडा नं.आ.व. २०८१/०८२
२४९
२८७
२४१
१८४
१७६
१३९
१८४
२१८
जम्मा१६७८
स्रोतः गाउँकार्यपालिकाको कार्यालय
चित्रण

तालिका नं. २९ – रोजगार सेवा केन्द्रको सेवा सम्वन्धी विवरण

वडा नं.श्रम स्वीकृतिका लागि सहजिकरणजम्मा
१-८३४६३४६

तालिका नं. ३० – पालिकाको रोजगार सेवा केन्द्रबाट वैदेशिक रोजगार बोर्डको कल्याणकारी सेवा अन्तर्गत चालु आ.व. को बैशाख सम्म प्रदान गरिएको सेवाको विवरण

वडा नं.शव झिकाउनेमृत्यु क्षतिपुर्तिछात्रवृत्तिउद्धार तथा खोजतलासस्वास्थ्य उपचार सहयोगकैफियत
११
जम्मा१६३६
स्रोतः गाउँकार्यपालिकाको कार्यालय
चित्रण

४.१.७ सुकुम्बासी सम्बन्धी विवरण

नेपालमा परिवारको जमिन माथिको स्वामित्वको विषयलाई आर्थिक हैसियतसँग गाँसेर हेरिन्छ । नेपालको अर्थतन्त्र कृषिमा आधारित हुँदा जमिनमाथिको स्वामित्वलाई आर्थिक हैसियतसँग गाँसेर हेर्नु स्वभाविक भए तापनि पछिल्लो समय वैदेशिक रोजगार लगायत अन्य सेवा क्षेत्रमा मानिसहरूको पहुँच वृद्धि हुँदा गैह्र कृषि क्षेत्रबाट आफ्नो आर्थिक हैसियत निर्माण गर्ने परिपाटी सुरु भएको पाइर्न्छ । अर्कोतर्फ जमिनमाथिको स्वामित्वलाई आफ्नो थातथलो वा आवास स्थलको रुपमा समेत हेरिन्छ । यसर्थ हरेक नागरिकको जमिनमाथिको स्वामित्वलाई सदियौंदेखि एक प्रमुख आर्थिक सामाजिक तथा राजनैतिक मुद्दाको रूपमा हेरिँदै आएको छ । त्यस्तै नेपालमा जमिनको वितरण अवैज्ञानिक रहेको छ ।