५.६ शान्ति तथा सुरक्षाको विवरण
५.६ शान्ति तथा सुरक्षाको विवरण
संविधानमा उल्लेख भए अनुरुप राज्यले नागरिकलाई सुरक्षित आभास गराउन सक्नु पर्दछ । हरेक राष्ट्रका नागरिकहरूलाई नागरिक सुरक्षा प्रदान गर्नु राज्यको दायित्व हो । नागरिकले आफ्नो राज्यमा सुरक्षित महशुस गर्न पाउनुपर्छ । यसलाई चुस्त बनाउन नागरिक समाजको पनि त्यतिकै महत्वपूर्ण भूमिका रहन्छ ।
गाउँपालिकामा भएका अपराधिक तथा सामाजिक नियम बाहिरका कार्य चोरी–डकैती लगायतका अन्य कार्यहरू यी सुरक्षा निकायमार्फत समाधान हुने गरेको पाइन्छ । यस गाउँपालिकामा वर्षभरिमा कुनै अप्रिय घटना घटेको दर्ता खासै गरिएको देखिदैन् । गाउँपालिकामा सानातिना झै–झगडा, कुटपिट, साँध, सिमानामा विवाद, चोरी डकैती, ठगी, घरेलु हिंसाका घटनाहरू यदाकदा हुने गरेको स्थानीयबासीको भनाई छ । यस गाउँपालिकाभित्र ६ स्थानमा सुरक्षा निकायहरु स्थापना भएका छन् जसको विस्तृत विवरण तालिकामा प्रस्तुत गरिएको छ ।
तालिका नं. ६४ – गाउँपालिकामा रहेका प्रमुख सुरक्षा निकायहरुको विवरण
| क्र.सं. | सुरक्षा निकायहरूको नाम | रहेको स्थान |
|---|---|---|
| १। | सशस्त्र प्रहरी जवान तालिम शिक्षालय, नौवस्ता | पितमारी, २ |
| २. | इलाका प्रहरी कार्यालय, चिसापानी | चिसापानी, १ |
| ३. | इलाका प्रहरी कार्यालय, बनकटवा | नौवस्ता, ३ |
| ४. | प्रहरी चौकी, सम्झना | सभ्झना, ६ |
| ५. | अस्थाई प्रहरी बिट | बानियाभार, वडा नं ४ |
| ६. | अस्थाई प्रहरी बिट | जि गाउँ, वडा नं ५ |