५.४.१ खेलमैदान, पार्क, पिकनिक स्थल तथा मनोरञ्जनस्थल सम्बन्धीे विवरण
५.४ युवा, खेलकुद तथा मनोरञ्जन
५.४.१ खेलमैदान, पार्क, पिकनिक स्थल तथा मनोरञ्जनस्थल सम्बन्धीे विवरण
खेलकुद क्षेत्रमा स्वस्थ, प्रतिस्पर्धा जनशक्ति उत्पादन गरी गाउँपालिकाको खेल अनुशासन र खेलकुद विकासलाई बल प्रुयाउन सकिन्छ भन्ने मान्यता अनुसार यस गाउँपालिकामा खेलकुदको विकास भएको पाइन्छ । गाउँपालिकामा ११ स्थानमा खेल मैदान रहेका छन् साथै यि खेल मैदानहरुको अवस्था सामान्य रहेको छ । समग्रमा भन्नुपर्दा बालबालिका एवं युवा जनशक्तिको स्वस्थ शारीरिक विकासको लागि नभई नहुने खेलकुदको क्षेत्रमा अत्यन्त न्यून लगानी हुने गरेको देखिन्छ । विगतमा निर्मित खेलकुद सम्बन्धी पूर्वाधारहरूको मर्मत गर्न निकै ठुलो लगानी गर्नुपर्ने आवश्यकता देखिएको छ ।
गाउँपालिकामा मनोरञ्जनको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलकुद मैदानहरू नभएपनि भलिबल तथा फुटबल मैदानहरू खुल्ला जमिन, चौर, पार्कहरूमा यहाँका मानिसहरूले मनोरञ्जन लिने गरको पाइन्छ तर ती खुला जमिन, चौर तथा खेलमैदान व्यवस्थित मैदानको रुपमा विकसित भइसकेको छैन् । यहाँका किसानहरू धेरै समय आफ्नो खेत बारीमा बिताउने गर्दछन् भने फुर्सदको समयमा उनीहरू त्यहाँको स्थानीय प्रकृतिमा रमाउने र आफ्नो पहुँचमा रहको मनोरञ्जनका क्रियाकलापहरू गर्ने गरेको पाइन्छ । गाउँपालिकामा रहेका खेलकुद मैदान सम्बन्धी विवरण तालिकामा उल्लेख गरिएको छ ।
तालिका नं. ६० – पार्क, गार्डन तथा खेल मैदान सम्बन्धी विवरण
| क्र.सं. | खेलमैदान | ठेगाना |
|---|---|---|
| १ | मेडिकल कलेज खेलमैदान | वडा न १ |
| २ | च्याँमा खेलमैदान | वडा न १ |
| ३ | गाभर खेलमैदान | वडा न १ |
| ४ | लायन्स पार्क | वडा न १ |
| ५. | बैरहवा खेलमैदान | वडा न ३ |
| ६. | बनखेत खेलमैदान | वडा न ३ |
| ७. | प्लानचौर खेलमैदान | वडा न ३ |
| ८. | सुतैया खेलमैदान | वडा न ३ |
| ९. | चिल्ड्रेन पार्क | वडा न ४ |
| १०. | पिकनिक पार्क | वडा न ४ |
| ११. | शिवालय खेलमैदान | वडा न ५ |
| १२. | नवदुर्गा वन पिकनिकस्थल | वडा न ५ |
| १३. | न्यु हरियाली खेलमैदान | वडा न ६ |
| १४. | अठाईस घर खेलमैदान | वडा न ६ |
| १५. | ईमिली टोल खेलमैदान | वडा न ६ |
| १६. | पुष्पलाल स्मृति पार्क | वडा न ६ |
| १७. | गौथली बाल उद्यान | वडा न ६ |
| १८. | मानसरोवर बोटानिकल गाडर्न | वडा न ६ |
| १९. | बैजनाथ बाटिका | वडा न ७ |
गाउँपालिकामा रहेका पार्क तथा उद्यानहरू सार्वजनिक सम्पत्तिहरू हुन् । गाउँपालिकाको पर्यावरणीय प्रणालीलाई सुरक्षित गरी हरित क्षेत्रलाई प्रवर्द्धन गर्न यी क्षेत्रहरूको संरक्षण गर्नु आवश्यक छ । दैनिक नियमित कामकाजबाट पर रही मानसिक स्फूर्ति र स्वच्छताका लागि मनोरञ्जनको आवश्यकता पर्दछ । मनोरञ्जनका विभिन्न उपायहरू मध्ये स्वच्छ तथा प्राकृतिक वातावरणमा रमाउने तथा वनभोज गर्ने चलन सर्वव्यापी र प्राचिन चलन हो ।
सार्वजनिक सम्पदाको रुपमा रहेका उद्यान, पार्क तथा खेलमैदानहरूको दिगो रुपमा संरक्षण विकास र विस्तार गर्न सके गाउँपालिकाको विकास र विस्तार हुँदै जाँदा यी क्षेत्रहरू पर्यावरणीय महत्वका हिसाबले अत्यन्त आवश्यक र महत्वपूर्ण हुन्छन् । यी क्षेत्रहरूले हरित क्षेत्रको रुपमा विश्रामस्थल तथा गाउँपालिकाको प्राकृतिक सुन्दरता कायम गर्न सहयोग गर्दछन् ।
५.४.२ युवा क्लब सम्बन्धी विवरण
तालिका नं. ६१ – गाउँपालिकामा रहेका युवा क्लब तथा खेलकुद क्लबको विवरण
| क्र.सं. | युवा क्लब तथा खेलकुद क्लबको नाम | ठेगाना |
|---|---|---|
| १ | रारा वस्ती युवा क्लव | बैजनाथ गापा–१ राराबस्ती |
| २ | रियल युवा क्लव | बैजनाथ गापा–२ कलरामपुर |
| ३ | न्यु शान्ति युवा क्लव | बैजनाथ गापा–२ पहाडीपुर |
| ४ | पञ्चदेव युवा क्लव | बैजनाथ गापा–३ सुतैया |
| ५ | देवराली सचेतना युवा क्लव | बैजनाथ गापा–३ सुतैया |
| ६ | बागेश्वरी युवा क्लव | बैजनाथ गापा–३ गाभर |
| ७ | जनउत्साहित युवा क्लव | बैजनाथ गापा–३ सुतैया |
| ८ | जनसेवा युवा क्लव | बैजनाथ गापा–४ नौलापुर |
| ९ | न्यु शान्ति स्पोर्ट्स युवा क्लव | बैजनाथ गापा–४ सिमलघारी |
| १० | डायनामिक युवा क्लव | बैजनाथ गापा–४ नौलापुर |
| ११ | शिवालय युवा क्लव | बैजनाथ गापा–५ जी गाउँ |
| १२ | आदर्श युवा क्लव | बैजनाथ गापा–५ जी गाउँ |
| १३ | सगरमाथा युवा क्लव | बैजनाथ गापा–५ बनकट्टी |
| १४ | एभरग्रीन युवा क्लव | बैजनाथ गापा–६ इमिलीटोल |
| १५ | अन्नपुर्ण युवा क्लव | बैजनाथ गापा–६ एच गाउँ |
| १६ | न्यु जर्नी युवा क्लव | बैजनाथ गापा–६ लालपुर |
| १७ | ओजरिया शित्तर परिवार | बैजनाथ गापा–७ पेडारी |
| १८ | बैजनाथ युवा स्पोट्स क्लव | बैजनाथ गापा–७ पेडारी |
| १९ | नवज्योति युवा क्लव | बैजनाथ गापा–७ परसुरामपुर |
| २० | मितेरी युवा क्लव | बैजनाथ गापा–८ पिपरी |
| २१ | भगवती युवा क्लव | बैजनाथ गापा–८ हंसनापुर |