बैजनाथ

३.४ मातृभाषाको आधारमा जनसंख्याको विवरण

३.४ मातृभाषाको आधारमा जनसंख्याको विवरण

३२०७३
जम्मा जनसंख्या
३७३९९
प्रतिशत

नेपाल एक बहु–जाति, बहु–भाषा र बहु–साँस्कृतिक विशेषता बोकेको राष्ट्र हो । यस गाउँपालिकामा पनि भाषिक विविधता रहेको देखिन्छ । गाउँपालिकामा रहेका कुल ६९,४७२ जनसंख्या मध्ये सबैभन्दा बढी ४४,०९४ अर्थात ६३.४७ प्रतिशतले नेपाली भाषा बोल्ने गरेको पाइयो भने २०,९६४ अर्थात ३०.१८ प्रतिशतले थारु र १,७४७ अर्थात २.५१ प्रतिशतले मगर ढुट भाषा बोल्ने गरेको पाइयो । संविधानको धारा ३२ ले भाषा तथा संस्कृतिको हकलाई मौलिक हकको रुपमा स्थापित गरेको र धारा ३१ को शिक्षा सम्बन्धी हकको उपधारा ५ बमोजिम “नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानून बमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र संचालन गर्ने हक हुनेछ” भनी स्पष्ट किटान गरेको छ । आफ्नो मातृभाषामा पढ्न चाहने विद्यार्थीहरूलाई गाउँपालिकाले विशेष व्यवस्था गर्न सक्ने प्रावधान रहेको छ । मातृभाषा अनुुसारको विस्तृत विवरण तालिकामा उल्लेख गरिएको छ ।

तालिका नं. ७ – मातृभाषाअनुसार जनसंख्याको विवरण

मातृभाषाजम्मा जनसंख्याप्रतिशत
पुरुषमहिलाजम्मा
नेपाली१९८५८२४२३६४४०९४६३.४७
थारु१०१७२१०७९२२०९६४३०.१८
मगर ढुट७५३९९४१७४७२.५१
अवधी४८४४८०९६४१.३९
खस२१५२१४४२९०.६२
हिन्दी१५११५८३०९०.४४
गुरुङ९१११९२१००.३०
राजवंशी७६९०१६६०.२४
मुगाली६७६२१२९०.१९
अन्य२०६२५४४६००.६६
जम्मा३२०७३३७३९९६९४७२१००
स्रोत : राष्ट्रिय जनगणना, २०७८
चित्रण

नोट (अन्यमा) : मैथिली, भोजपुरी, तामाङ, नेवार, उर्दु, शेर्पा, पहारी, मगर खाम, दैलेखी, मुसलमान, जुम्ली

(क) आदिबासी

आदिवासी/जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार आदिवासी जनजाती भन्नाले आफ्नाे मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै साँस्कृतिक पहिचान, छुट्टै सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएका ६१ जाति वा समुदायलार्ई बुझिन्छ । यस गाउँपालिकाको कुल जनसंख्या ६९,४७२ मध्ये ३०.१८ प्रतिशत (२०,९६४ जना) जनसंख्या थारु समुदायका रहेका छन् । यसैगरी गाउँपालिकामा कुल जनसंख्याको २.५१ प्रतिशत मगर ढुट, १.३९ प्रतिशत अवधि, ०.३० प्रतिशत गुरुङ समुदायका व्यक्तिहरुको बसोबास रहेको छ । यी समुदायद्वारा गाउँपालिकाको मौलिक संस्कृतिलाई जीवन्त राख्न सहयोग प्रुयाएको देखिए तापनि यो समुदाय सामाजिक, राजनैतिक र आर्थिक विकासको दृष्टिकोणले पछाडि परेको देखिन्छ । गाउँपालिकाको विकासको लागि यो समुदायलाई अहिलेको अवस्थाबाट माथि उठाउन क्षमता विकास, सशक्तिकरण जस्ता विशेष कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने देखिन्छ ।

(ख) उत्पीडित तथा सिमान्तकृत समुदाय

नेपालको संविधानको भाग ३४ अन्तर्गतको धारा ३०६ को (ड) मा सीमान्तकृत समुदाय भन्नाले राजनीतिक, आर्थिक र सामाजिक रुपले पछाडि पारिएका विभेद र उत्पीडन तथा भौगोलिक विकटताको कारणले सेवा सुविधाको उपभोग गर्न नसकेका वा त्यसबाट बञ्चित रहेका संघीय कानून बमोजिमको मानव विकासको स्तर भन्दा न्यून स्थितिमा रहेका समुदाय सम्झनु पर्दछ भनी उल्लेख गरेको छ ।

सामाजिक विभेदका रुपमा छुवाछुत जस्तो अमानवीय भेदभाव भोगिरहेको यो समुदायले राजनैतिक, आर्थिक र सामाजिक क्षेत्रमा समेत उपेक्षाको अनुभूत गर्नु परेको छ । यस समुदायका आधारभूत र मा.वि.मा अध्ययनरत छात्र छात्राहरूको संख्या तुलनात्मक रुपमा कम रहेको छ । परम्परागत सिपको धनी यो समुदायले आफ्नो सिपलाई आर्थिक विपन्नता र सामाजिक उपेक्षाका कारण पनि अघि बढाउन नसकेको पाइन्छ । निजामती सेवा र गैरसरकारी सेवामा पनि यो समुदायको उपस्थिति अत्यन्तै न्यून छ । त्यसैगरी राजनितिक क्षेत्रमा २०४६, साल यता यो समुदायले आफ्ना सामुदायिक संगठनहरू समेत निर्माण गरेको पाइन्छ । राजनितिक नेतृत्वमा भने सिमित व्यक्तिहरूले मात्र यस समुदायको प्रतिनिधित्व गरिरहेका छन् । यस समुदायका अधिकांश व्यक्तिहरू अदक्ष र अर्धदक्ष जनशक्ति कै रुपमा ज्याला, मजदुरी गरेर जीवनयापन गरिरहेको पाइन्छ । यस गाउँपालिकाको विकासका लागि यो समुदायलाई अहिलेको अवस्थाबाट माथि उठाउन विशेष अभियानको थालनी गर्नुपर्ने अवस्था देखिन्छ ।