स्रोतः गाउँ कार्यपालिकाको कार्यालय
७.३ सञ्चार तथा प्रविधि
एक्काईसौं शताब्दीको भूमण्डलीकृत समाज सूचना र सञ्चारको युगमा छ । सूचना र सञ्चारको क्षेत्रमा आएको क्रान्तिलाई नेपालको शहरी क्षेत्रले लगभग आत्मसाथ गरिसकेको भएतापनि ग्रामिण क्षेत्रमा टेलिभिजन, पत्रपत्रिका, ईन्टरनेट, टेलिफोन, मोबाइल र कुरियर सेवा विस्तार हुन बाँकी छ । सञ्चार र प्रविधिका यी माध्यमहरूको पूर्ण रूपले विकास गरी ग्रामिण जनतालाई सूचना र सञ्चारको दुनियाँमा प्रवेश गराउनु चुनौतीपूर्ण रहेको छ । नेपालको संविधानले जनताको सूचनाको हकलाई मौलिक हकको रुपमा परिभाषित गरेको छ । बैजनाथ गाउँपालिकामा उपलब्ध भएका सञ्चार तथा प्रविधिको विवरण निम्न प्रकार रहेका छन् । यहाँ NCELL र NTC मार्फत सञ्चारका माध्यमहरु सञ्चालित छन् साथै विभिन्न इन्टरनेट कम्पनीमार्फत इन्टरनेट सेवा विस्तार भएको छ । हाल गाउँपालिकामा रहेका सञ्चार, प्रविधि सम्वन्धी विवरण तालिकामा समावेश गरिएको छ ।
| क्र.सं. | सञ्चारको नाम | ठेगाना |
|---|---|---|
| १ | नेपाल टेलिकम टावर (७) | वडा नं.– १, ३, ५, ६, ७, ८ |
| २ | एनसेल टावर (८) | वडा नं.– १, ३, ४, ५, ६, ७, ८ |
| ३ | बैजनाथ राष्ट्रिय दैनिक (अनलाइन पत्रिका) | वडा नं.– ६ |
| ४ | हुलाक कार्यालय (४) | वडा नं.– १, ३, ५ |
स्रोतः गाउँ कार्यपालिकाको कार्यालय
७.३.१ रेडियो स्टेशन सम्बन्धी विवरण
यस गाउँपालिका भित्र फेमस एफ. एम. रेडियो स्टेशन ९४.३ मेहाहर्ज वैजनाथ ७ पेडारीमा संचालनमा रहेकाे छ ।
७.३.२ आधुनिक सुविधामा पहुँच सम्बन्धी विवरण
तालिका नं. ७३ – परिवारमा भएको साधन तथा सुविधाको विवरण (बहुउत्तरमा आधारित)
| वडा नं. | कुनै पनि सुविधा नभएको | कम्तीमा एउटा सुविधा भएको | रेडियो सुविधा | टेलिभिजन | ल्याण्डलाइन टेलिफोन | मोबाइल फोन (साधारण) | स्मार्ट मोबाइल फोन | कम्प्युटर/ ल्यापटप | इन्टरनेट सुविधा | कार/जीप/ भ्यान | मोटरसाइकल/ स्कुटर | साइकल | विद्युतीय पंखा | रेफ्रिजरेटर | वासिङ मेशिन | एयर कन्डिसनर |
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| १ | २३ | २००८ | ८४३ | ११६४ | २१ | १४५८ | १६१५ | १६० | ४९९ | २७ | ४१७ | ९७१ | १८४५ | ४७२ | ७ | ६ |
| २ | ४५ | २२२७ | १०४ | ११०५ | ६ | १४५५ | १६५८ | ७० | ३४२ | ९ | ३९० | १४९१ | २००८ | ४७२ | २ | ५ |
| ३ | ४३ | २०५८ | १३८ | ९८२ | ५ | १४८६ | १५६२ | ९८ | ६४८ | २ | ३२२ | १४१० | १८८९ | २९९ | १ | १ |
| ४ | ३८ | २१०३ | ३४० | १२३६ | ९२ | १७५९ | १७४३ | २०६ | १३२८ | २४ | ४३३ | १५४४ | १९३३ | ६१० | ३ | ४ |
| ५ | ३५ | २४३४ | १४७२ | १२२५ | २० | १६९५ | १९१३ | १५८ | १६१५ | २३ | ४९२ | १८६० | २११५ | ४२३ | ४ | ४ |
| ६ | २५ | २२९२ | ११३८ | १२९१ | २३ | १६०० | १९२४ | १३७ | १५१३ | २६ | ५११ | १८५७ | २१२२ | ४५२ | ४ | ० |
| ७ | २३ | ७२२ | ३४४ | ४०५ | २ | ५४१ | ५६७ | २४ | ४७९ | ६ | १८१ | ६५४ | ६६० | १२७ | ० | ० |
| ८ | ६० | २३३३ | १२४१ | ११५० | १५ | १८११ | १६७८ | १३८ | १०३४ | १३ | ४३६ | २०२१ | २०९९ | ३४३ | ३ | ४ |
| जम्मा | २९२ | १६१७७ | ५६२० | ८५५८ | १८४ | ११८०५ | १२६६० | ९९१ | ७४५८ | १३० | ३१८२ | ११८०८ | १४६७१ | ३१९८ | २४ | २४ |
साधन तथा सेवा सुविधाको आधारमा गाउँपालिकामा कम्तिमा एउटा सुविधा भएको घरपरिवारको संख्या १६,१७७ रहेको देखिन्छ । गाउँपालिकाका कुल घरपरिवारहरू मध्ये उच्च विद्युतीय पंखा भएको घरपरिवार संख्या १४,६७१, दोस्रोमा मोबाइल फोन (स्मार्ट) भएको घरपरिवार संख्या १२,६६० देखिन्छ । यसैगरी साधारण मोबाइल हुने परिवारको संख्या ११,८०५ रहेको छ । रेडियो सुविधा भएको परिवारको संख्या ५,६२० रहेको छ भने यसैगरी टेलिभिजन हुने परिवारको संख्या ८,५५८ रहेको छ ।
समग्रमा तथ्याङ्कलाई हेर्दा सञ्चार क्षेत्रको प्रमुख मोबाइल सेवामा वृद्धि हुँदै गएको देखिन्छ भने इन्टरनेट सेवा भने विस्तार हुने क्रममा देखिएको छ । मोबाइल प्रयोगकर्ताले सबै खाले सञ्चारका सुविधा जस्तै श्रव्य, दृष्य, सूचना, गीत तथा खबर आदान प्रदान लगायतका धेरै काम गर्न सहज हुने भएकाले मोबाइलको तुलनामा टेलिभिजन तथा रेडियोका प्रयोगकर्ता घटिरहेको देखिन्छ । भौगोलिक अवस्थाका हिसाबले पूर्ण रुपमा तराई क्षेत्र र समथर भू–भाग भएकाले यस गाउँपालिकामा कार/जीप, एयर कन्डिसनर, हिटर वा ग्याँस गिजर जस्ता उच्च सुविधाका सामग्रीहरू प्रयोग गर्नेको संख्या बढ्ने क्रममा रहेको देखिन्छ । वडागत रुपमा विस्तृत विवरण तालिकामा प्रस्तुत गरिएको छ ।