बैजनाथ

६.४.२ विपद् व्यवस्थापनको पूर्वतयारी

६.४ विपद् जोखिम व्यवस्थापन

गाउँपालिकामा डुबान, महामारी, बाढी, असिना, हावाहुरी, शितलहर तथा जंगली जनावरको आक्रमण जस्ता प्रकोपहरु दोहोरी रहने गरेका छन् यसका साथै हाल आएर कोरोनो भाइरस कोभिड–१९ पश्चात डेंगी थप रोग प्रमुख प्रकोपको रुपमा थपिएको छ । यसका साथै सडक दुर्घटना, शीतलहर, लू लाग्नु सहायका प्रकोप हुन । भूकम्पको जोखिमलाई भने कहिल्यै पनि नकार्न मिल्दैन् । उत्तर चुरे पहाडबाट दक्षिणतिर बग्ने नदीहरु र खहरे खोलाहरुमा बाढीजन्य प्रकोपबाट यस गाउँपालिकामा डुबान र कटानले धेरै धनजनको क्षति हुने गरेको छ । समय अनुसारको अन्नबाली तथा बेमौसमी तरकारी खेतीका साथै बगर खेतीमा समेत ठुलो नोक्सान प्रुयाइ रहेको देखिन्छ । गाउँपालिकामा पश्चिमी भागमा मान खोलाका कारण यहाँको भू–भाग वर्षेनी डुबान र कटान हुने गर्दछ र यसको लागि गाउँपालिकामा रहेका कच्ची सडक, खोला, पुलपुलेसा, कर्ल्भट, कुलो आदिको व्यवस्थापन तथा मर्मत गरि अनियन्त्रित बाढीको प्रकोप कम गर्न सकिनुका साथै गाउँपालिकाले विपद् जोखिम न्यूनीकरणको लागि जोखिमयुक्त समुदाय समग्र गाउँपालिकाबासीलाई विपद् पूर्व गरिने क्रियाकलापको नीतिगत व्यवस्था तथा निर्यणहरु, जनचेतना तथा क्षमता अभिवृद्धिका कार्यक्रमहरु, न्यूनीकरण र आपतकालीन पूर्वतयारीका क्रियाकलापहरुलाई प्राथमिकीकरण गरेको छ । मूलतः गाउँपालिकाका खोलाहरूको वरिपरि नै केन्द्रीत भएर रहेको मानव बस्तीको मानवीय गतिविधिले डुबानका कारण समेत डुवानका क्षेत्रमा भौतिक तथा मानविय दृष्टिकोणले प्रतिकूल प्रभाव पारेको छ । यस क्रमलाई रोक्नका लागि तटबन्धको व्यवस्था र ढल निकासको व्यवस्था मिलाउनुपर्ने देखिन्छ । त्यस्तै, तुषारो, असिना, हावाहुरीले विभिन्न किसिमका खाद्यबाली तथा फलफुलबालीलाई नष्ट पार्ने गर्दछ । बाढीको लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन उपायहरू अवलम्बन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै अल्पकालीन उपायको रुपमा स्पष्ट एवं तटबन्ध निर्माण गर्ने मध्यकालीन उपायको रुपमा प्रभावित क्षेत्रको वरिपरि बृक्षारोपण गर्ने र दीर्घकालीन उपायको रुपमा सम्पूर्ण खोला प्रभावित क्षेत्रलाई संरक्षण गर्ने, मानव र वन्यजन्तु बिचको द्वन्द्वलाई न्यूनीकरण गर्नेतर्फ काम अगाडि बढाउनुपर्ने देखिन्छ । उल्लेखित क्षेत्रलाई मानवीय गतिविधिबाट अप्रभावित पार्ने र सघन जलाधार क्षेत्र संरक्षण कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने देखिएको छ ।

६.४.१ विपद्को किसिम अनुसार जोखिमको समय

तालिका नं. ६९ – गाउँपालिकामा हुन सक्ने सम्भावित प्रकोपको विवरण

क्र.सं.सम्भावित प्रकोपविद्यमान अवस्थासमय
१.बाढी (डुबान, कटान)गाउँपालिकामा रहेका खोला/नालाहरुले वर्षातको समयमा खेतीेयोग्य जमिन तथा बस्तीहरुमा कटान तथा डुबानमा पारेको । वर्षेनी धेरै सङ्ख्यामा परिवारहरू प्रभावित भैरहेका छन् ।जेष्ठ—असोज
२.हावाहुरी/चट्याङहावाहुरी आउदा खर/पराल, खपडा र जस्तापाताको छाना भएका घरका छाना उडाउने समस्या, चट्याङ पर्ने समस्या ।चैत्र—जेष्ठ
महामारीप्रकोपका रूपमा झाडापखाला लगायतका पानीजन्य रोग बढ्ने गरेको, स्रोतसाधन अभाव र जनचेतनाको कमी, अनुकूल क्षमताको अभाव ।विपद् पछि, अन्य समयमा
४.तुषारोअन्नबाली, तरकारी बालीको नाश ।मंसीर—पौष
आगलागी/डढेलोगाउँपालिकाको धेरै जसो विद्युत सर्ट सर्किट, मानवीय लापरबाही, घनाबस्ती लगायतका अति विभीन्न समुदायका घरहरू जनचेतना अभाव, अग्नी नियन्त्रण यन्त्रको अभाव, चुल्होमा आगो सल्काउँदा मट्टीतेलको प्रयोग गर्नु र सलाई लाईटर जस्ता आगो बाल्ने वस्तुहरू बच्चाले खेलाउँदा आगलागीका घटना बढी हुने गरेका छन् । साथै डढेलोको समस्या पनि देखिन्छ ।चैत्र—जेष्ठ
असिनाअसिना पानीले बालीनाली र कच्ची घरका छानामा असर प्रुयाउने गरेको ।चैत्र—जेष्ठ
कोरोना भाइरस, वर्डफ्लु, अन्य फ्लुशुद्ध खानेपानी तथा सरसफाईको कमी, अव्यवस्थित कुखुरा पालन, स्वाइन फ्लु आदि ।जुनसुकै समयमा
८.भूकम्प,भूकम्पीय जोखिमका दृष्टिले नेपाल विश्वको ११औँ स्थानमा रहेको र गाउँपालिकामा भूकम्प प्रतिरोधात्मक भवन कमै मात्रामा भएको, भवन आचारसंहिता पूर्ण रूपमा लागू नभएको ।जुनसुकै समयमा
९.शीतलहरजोखिम वर्ग वृद्धवृद्धा तथा बालबालिकाहरु िबरामी हुने समय । अति विपन्न घरपरिवार वर्षेनी शितलहरको समस्या बाट धेरै प्रभावित हुने ।मंसीर, पुस, माघ
१०लुगाउँपालिकामा गर्मी महिनामा अत्याधिक गर्मी ४६० सम्मको तापक्रम हुने भएकाले बेहोस हुने, सुनिने, बाउँडिने लगायत मानसिक समस्या आउने समस्याहरु देखापर्ने ।असार, श्रावण, भदौ
११खडेरी (अत्याधिक गर्मी)खडेरीका कारण अन्नबाली र तरकारीबालीमा उत्पादनमा असर पर्ने ।जेष्ठ/साउन
१२किरा फट्याङ्ग्राजलवायु परिवर्तन सँगै किराफट्याङ्ग्राले बालीनालीमा नोक्सान तथा उत्पादनमा असर गर्ने ।मौषम अनुसार
१३सर्पदंशगाउँपालिकामा सर्प बाह्रै महिनामा भेटे पनि विशेष गरी जेष्ठ देखि भदाैसम्म अत्यधिक मात्रामा सर्पको टोकाईबाट अकालमा मृत्यु हुनेको संख्या बढेको ।चैत, असार, श्रावण, भदौ
१४जंगली जनावर आंतकगाउँपालिकाका विभिन्न क्षेत्रहरु वनजंगल वरिपरि बसोबास भएको क्षेत्रहरूमा (बाघ अन्य वन्यजन्तुको) आदिको आक्रमण तथा बदमासीको डर त्रास भईरहन्छ ।जुनसुकै समय

स्रोतः गाउँ कार्यपालिका कार्यालय

६.४.२ विपद् व्यवस्थापनको पूर्वतयारी

भौगोलिक जटिलताका कारण नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिम क्षेत्रमा रहेको छ । नेपालमा वर्षेनी प्राकृतिक प्रकोपका कारण ठूलो मात्रामा जनधनको क्षति हुने गरेको छ । नेपालमा २०७२ सालको महाभूकम्पको पीडा अझै ताजा नै छ । गाउँपालिका पनि प्राकृतिक प्रकोपको दृष्टिकोणले संवेदनशील अवस्थामा रहेको छ । यस गाउँपालिकामा विशेष गरी बाढी डुबान, कटान, महामारी, तुषारो, असिना, भूकम्प, आगलागी, हावाहुरी, शीतलहर/लु जस्ता प्राकृतिक प्रकोपहरू देखापर्दै आइरहेका छन् । विगतमा भएको कोभिड–१९ तथा विभिन्न समयमा फैलने महामारीहरुले आर्थिक तथा अन्य क्षेत्रमा समेत गहिरो प्रभाव पारेको छ । यस्ता प्रकोपहरू सामान्यतया पूर्ण नियन्त्रण गर्न नसकेपनि प्रभाव न्यूनीकरणका उपायहरू अवलम्बन गरी जनधनको क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ । गाउँपालिकाले विपद पुर्वतयारीको लागि वरुण यन्त्र (दमकल) खरिद गनर्,े पालिकामा आवश्यक सामाग्रीको व्यवस्थापन गरि LEOC कक्ष आपतकालिन सेवा केन्द्र संचालन गर्ने यसका साथै गाउँपालिका भित्रका रेडक्रस सोसाइटी र अन्य साझेदार निकायसँगको समन्वयमा आवश्यक कार्यक्रम संचालन गर्ने, विपद व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउन अन्तर स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारसँग समन्वय गर्ने, विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापनका लागि स्थानीय जोखिम नक्सा तयार गर्ने, प्रत्येक वडामा विपद प्रतिकार्य टोली गठन गर्ने, विपद सजगता अभिवृद्धि तालिम विद्यालय, महिला समूह, बाल क्लव लाई समावेश गराई संचालन गर्ने लगायतका नीति अगाडी सारेको छ ।

६.४.३ आपतकालिन यातायात साधन सम्बन्धी विवरण

गाउँपालिकाको केन्द्रमा स्वास्थ्य सेवाहरुको पहुँच भएतापनि सबै वडाहरुको स्वास्थ्य संस्थाहरुबाट आपतकालीन स्वास्थ्य सेवाहरु प्रुयाउन सकिरहेको अवस्था छैन् । आपतकालिन अवस्थामा बिरामीहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि पालिका भित्र २४ घण्टा सेवा सहित एम्बुलेन्सहरु सेवा सञ्चालनमा रहेका छन् । अनियन्त्रित डढेलोको प्रभावबाट यस गाउँपालिका पनि अछुतो रहन सकेको छैन । त्यसकारण यस गाउँपालिकामा बारुण यन्त्रको व्यवस्थापन गर्दैे विभिन्न समुदायमा आपतकालिन अवस्थामा सेवा प्रवाह गर्नका लागि वडागत रुपमा आवश्यक एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने देखिन्छ ।